

नेपाल बिद्यार्थी सँघ मेची बहुमुखी क्याम्पसबाट राजनीति क्षेत्रमा आफ्नो स्वच्छ छबी बनाउँदै बिद्यार्थी राजनीतिको बैशाखी टेकेर २०४७ सालबाट चारतारे झण्डाको छहारीमा अनबरत शोभा घिमिरे पार्टीको स्वच्छ छवी हुन ।
माइतीघर र कर्म घर दुबैतर्फ नेपाली काँग्रेसको प्रभावमा हुर्किएकी शोभाले नेपाली काँग्रेस टोल कमिटीको सदस्य हुँदै नगर कमिटीको प्रतिनिधित्व र महिलासंघ जिल्ला प्रतिनीधिमा रहेर लामो समयसम्म काम गरिन ।
शिक्षण पेशामा रहँदा शिक्षक हक हितकोलागि संघको प्रदेश प्रतिनीधि बन्दै लगनशील भएर कर्म गर्नुले उनलाई अझ परिपक्व र अनुभवी बनाउँदै लग्यो । संघीय संरचनाको प्रादुभार्वसँगै स्थानीय तहको प्रथम निर्वाचनमा संखुवासभा जिल्ला अन्तर्गत पर्ने धर्मदेवी नगरपालीका मुढे सनिश्चरेको उप मेयरजस्तो गरिमामय पदमा नेपाली कांग्रेस पार्टीले उनलाई टिकट दिई चुनाव लडने आदेश दियो । फलस्वरुप शोभा घिमिरे भारी मतकासाथ चुनावी प्रतिस्पर्धामा उत्रन सफल भइन। हाल प्रदेशसभा सदस्यकोलागि संखुवासभा जिल्लाको प्रदेश ख बाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक महिला उम्मेदवारको कोटाबाट पार्टीले उनलाई सिफारिस गरेको छ ।
शिक्षा, स्वास्थय ,कृषि र रोजगारका साथै महिला सशक्तिकरणकी अभियन्ता शोभा घिमिरेसँग भिजन न्युज नेपालका अध्यक्ष विजय कट्टेल छहराले गरेको कुराकानी..
हजुरलाई कतिको धपेडी छ आजभोलि, चुनावी माहोल त खुब तातिएको छ नि ?
हामी जनताको सेवामा सधैँ समर्पित मान्छे । हामीलाई सधैँ उस्तै त होनि । पार्टीले दिएका जिम्मेवारी पुरा गर्नै प¥र्यो । जनतासँग सुख दुखमा सहभागि भैएकै छु । भर भरोसा र विश्वास बोकेर आउँने हरुको कमी छैन । जनताको सेवागर्ने बानी परेर होला चुप लागेर त एकछिन पनि बस्न मन लाग्दैन । नगरपालिकाले साँच्चै राम्रो जिम्मेवारी र काम सिकाएछ । सपनामा पनि जनताका खुख दुखमा सँगै हुन्छु । पार्टी र जनताको विश्वास बोकेर हिडेको मान्छेलाई फुर्सद नहुँदो रहेछ । मेरो लागि चुनावी माहोलको समय र अघि पछिको समयमा कुनै अन्तर छैन ।
तपाईले प्रदेशसभा सदस्यमा विजय हासिल गर्नुभयो भने तपाईको प्राथमिकता र कार्य योजनाहरु कस्ता हुनेछन् ?
जनताको शक्तिनै ठुलो शक्ति हो । जनतानै जनार्दन हुन् । गरीवीको रेखामुनी रहेका हाम्रा असंख्य बस्तीहरु छन् । तिनीहरुको जीवनस्तर उठ्ने किसिमका कार्यक्रमहरु ल्याउनकोलागि मेरो पहिलो पहल हुनेछ । गाँस,बास र कपासको ब्यबस्था नमिलेसम्म अरुकुनै पद्धतिको बिकास गर्न सकिन्न । देश समृद्धि बन्नकालागि योजनाहरु गाउँबाटनै उठ्नु पर्छ । सहि ठाउँमा लगानी नगरे योजनामा दर्बिलो पन आउन सक्तैन । संखुवासभा जिल्लाले भोग्नु परेका अनन्त समस्याहरु छन् । यातायात शिक्षा,स्वास्थ्य,कृषि र महिला लक्षित कार्यक्रममा जोड दिदै युवा रोजगार कार्यक्रममा बिषेशतह दिगो बिकासका खाकाहरु तयार पार्न अतिनै जरुरी हुन्छ । मलाई नगरपालिकाको पाँचबर्षे अनुभवले राम्ररी काम गर्न सिकाएको छ । नगरको सानो बजेटले सबै कामगर्न सम्भव थिएन र छैन । माथिल्ला निकायहरु जस्तै सांसद बिकासकोष,प्रदेश र संघमा समेत दह्रो रुपमा पहल गर्ने नेतृत्वको यस जिल्लालाई खाँचो छ । संखुवासभा जिल्लालाई सुन्दर र पर्यटकीय नमुना स्थलको रुपमा स्थापित गरी भ्रष्टचार मुक्त जिल्लाको रुपमा कार्य गरेर देखाउने मेरा कार्य योजनाहरु हुनेछन् ।
संखुवासभा जिल्लालाई समृद्धिको बाटोमा अगाडि ल्याउने नयाँ कार्ययोजनाहारु कस्ता छन् त् उसो भए ?
देश संघियाताको नयाँ बिहानी बोकेर अगाडि बढीरहेको छ ।परम्परागत सिपलाई नयाँ शैलीमा रुपान्तरण नगरेसम्म नेपाली जनताका सपना अधुरो नै रहन्छन । जस्कालागी भ्रस्टाचार मुक्त समाजको निर्माण गर्नु मेरो पहिलो प्रयाश रहने छ ।
जनमुखी शुसाशनकालागि महिला जागरण अभियानलाई सशक्त बनाउदै दलित,जनजाति र पिछडा वर्गकलागि आत्मनिर्भर बन्नसक्ने सीप र सिर्जना जिल्लामा नै तयार गर्नुछ । बर्सेनी विदेशमा पलायन हुने युवा शक्तिलाई आफ्नै देशमा रोकेर नयाँ -नयाँ रोजगारका अवसरहरु खुलाउन सकिन्छ । प्रकृतिले हराभरा हाम्रो जस्तो देशमा असख्य अवसरहरु छन । जसलाई हामी गुमाइरहेका छौ । लालीगुरासको राजधामी तीनजुरे ,मिल्के र जलजले क्षेत्र् हाम्रै पर्यटन प्रुर्वाधारका
सुन्दर दृस्य हुन् । यी भू-भाग हजारौ नयाँ प्रयटनको खोजीमा छन् । हिउँ खेल्न आउने हरुको संख्या पनि यहाँ कम छैन । मकालु हिमालले लोभ्याउने पर्यटकको मनलाई मात्र जित्न सके हाम्रो जिल्ला अर्थतन्त्रमा धेरै अगाडी हुने छ । राम्रोसंग परिचालन गर्नसके हजारौ जनतालाई रोजगारीका अवसर दिलाउने अनन्त ठाउँहरु संखुवासभा भित्रै छन ।
तपाइले धर्मदेवी नगरपालिकाको उपप्रमुख भएर पाँच बर्षे कार्यकाल बिताउनु भयो, यहाँले आफ्नो कार्यकालमा के कस्ता उदाहरणीय कार्यहरु गर्नु भयो त् ?
संघियता कार्यान्यन पहिलो सत्र पूर्वाधार सिर्जनामा नै बित्यो । शिशु संघीयतालाई हुर्काउन कठिन थियो । न्यायिक समितिमा रहदा न्याय निरुपणको क्षेत्र् मा ठुलो भूमिका निर्बाह गरियो । शिक्षा स्वास्थ्य सडक निर्माण ,महिला सीपृ बिकाश , रेडक्रश जस्ता क्षेत्र् मा गरेका कार्यहरु निकै महत्वपूर्ण छन । बजेट जनमुखी बनाएर महिला सिप बिकाशको क्षेत्र्मा विभिन्न कार्यक्रमको आयोजना गरियो । दिपज्वती महिला बचत तथा सहकारी सस्ठाको उपाध्याक्ष्य भएर काम र्दाको अनुभब पनि अहिले ताजै छ । नौ सय भन्दा बढी सदस्य रहेको उक्क्त सहकारी सस्थाले धेरै महिलाहरुलाई आत्मा निर्भर बनाएको छ । विगतका पलहरु र साथीसंगीहरुको सहकार्यमा गरिएका कामलाई सम्झीदा अहिले पानि चुप लागेर होइन कर्म गरेरै अगाडी बढ्नुपर्छ भन्ने लाग्छ । आगामी मंसिर चार गते हुने निर्वाचनमा नेपाली कांग्रेस पार्टी जिल्ला कार्य समिति संखुवासभाले महिला तर्फ प्रदेशसभा सदस्यको लागि मेरो नाम सिफारिस गरेको छ । पार्टीले गरेको मेरो मुल्यांकन प्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा केहि भन्नु छ कि?
जनतासंग सेवा भावमा सहभागि हुँदै जन्मभूमि र कर्मभूमिलाई आफूले सिकेको सीप र सिर्जनाले हराभरा पार्न सकुँ । रोग,भोक,सोक र पीडाले छटपाटिएका मनहरुमा आफूले सकेको सहयोग गर्दै थोरै भएपनि मलम लगाउँन पाए हुन्थ्यो जस्तो लाग्छ मेरो सबै भन्दा ठुलो योगदान सेवा भाव नै हो । सबै भन्दा ठुलो खुसि पनि मलाई यसैमा लाग्छ ।
प्रस्तुति : विजय कट्टेल छहरा
