
विकल्प श्रेष्ठ
चितवन :अपराध र अपराधीलाई लुकाउन त सकिन्छ तर सधैको लागि सम्भव छैन भने झै – चितवनमा फरार भएका एक अपराधीलाई बाह्र बर्ष पछि गिरफ्तरा गरेर यो कुरा साबित भएको छ। चितवनको साविक सिद्धि गाविस ३ सैपाङ (हाल कालिका नगरपालिका) घर भएका बिन्द्र सिङ्ग प्रजाले गैँडा मारेर खाग तस्करिमा संलग्न भएका थिए।
उनि भागेको करिब १२ बर्ष पछि तनहुको ब्यास नगरपालिका ११ घासिकुवा ठुलो चौर भन्ने स्थान बाट चितवन राष्टृय निकुञ्जबाट खटिएको बिशेष टोलिले पक्राउ गरेको कुरा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारि दिए।
प्रजालाइ २०६१/६२ यता लगातार गैँडा चोरि मुद्धामा पाइएको तथा तिनवटा मुद्धामा त उनलाइ दोषि ठहरिएको उल्लेख छ। उनले कम्तिमा पनि पाँच वटा गैँडा मारेको कुरा खुल्न आएको छ। उनले आफुलाई ठुलो कान्छा प्रजा, बिन्द्रा प्रजा र सागर प्रजा लगायतका नामहरुबाट सिकारमा संग्लन भएको अनुसन्धानबाट खुलेको छ ।
उनले आफ्नो नाम, घर ठेगाना बदल्दै भाग्दै गरेको अवस्थामा उनलाइ शुक्रबार गिरफ्तार गरिएको हो। पक्राउ परेका प्रजा २०६७ पुस १९ गते चितवन राष्ट्रिय निकुन्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैडालाई गोली प्रहारगरी खाग तस्करी गरेको अभियोगमा २०६७ चैत २७ गते चितवन राष्ट्रिय निकुञ्जमा दर्ता भएको मुद्दाका १९ प्रतिवादी मध्ये एक हुन् ।
२०७२ साल असार ३० गते भएको फैसलामा प्रजालाई १५ वर्ष कैद र १ लाख जरिवाना ठहर भएको थियो । उच्च अदालत पाटन हेटौडाको संयुक्त इजलास २०७४ फाल्गुन १५ को पुनरावेदनबाट समेत १५ वर्ष कैद र १ लाख जरिवाना सदर गरिएको थियो ।
प्रजासंगै उक्त मुद्दामा ७ जना फरार थिए। चालु आर्थिक? वर्ष २०७७/७८ मा यो संगै गैडा मुद्दामा २५ जना पक्राउ परेका छन् । सो मध्ये ४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।
