कैलाशकुट क्याम्पसद्वारा नव-आगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न

सुजन तिमल्सिना

काठमाडौं : कैलाशकुट बहुमुखी क्याम्पसले नव-आगन्तुक विद्यार्थीहरूलाई अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा आयोजित एक कार्यक्रमका बिच अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बोल्दै कैलाशकुट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायण पौडेलले, ‘नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माणका लागि कैलाशकुट क्याम्पसलाई रोज्नु भएकोमा विद्यार्थीहरू प्रति क्याम्पस प्रशासन कृतज्ञ रहेको बताए ।’ त्यस्तै, क्याम्पसका कार्यक्रम संयोजक प्रमुख भेषराज पोखरेलले, ‘कैलाशकुट कलेजले नव-आगन्तुक विद्यार्थीहरूलाई सहि दिशा निर्देशन गर्न तर्फ अग्रसर गराउने बताए ।’

पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक संघका अध्यक्ष श्रीराम सत्यालले, ‘ भविष्य निर्माण गर्ने समयमा आफ्नो लक्ष्य तर्फ अग्रसर हुन विद्यार्थीहरूलाई अनुरोध गररे ।’त्यस्तै, क्याम्पसका प्राध्यापक एव्ं अधिबक्ता शुकदेक सापकोटाले, ‘ आफ्नो भविस्य निर्माणका चरणमा रहेका भाईबहिनिहरू विचलित नहुन आग्रह गरे ।’ क्याम्पसका प्राध्यापक शिवहरी बगालेले, ” विद्यार्थीहरू कलेज प्रति र कलेज विद्यार्थीहरू प्रति सधैं पारस्परिक सम्बन्ध हुन आवश्यक रहेको बताए ।’

त्यस्तै, विद्यार्थी प्रतिनिधिका रूपमा बोल्दै सुवर्ण गौतमले, ‘ यस कलेजमा आफ्नो भविष्य उज्ज्वल बनाउन आउनुभएका विद्यार्थीहरूलाई अग्रिम शुभकामना व्यक्त गरे । कलेजमा वा कुनै परिस्थितिमा आफुहरूलाई समस्या पर्दा कलेज प्रशासनलाई प्रष्ट रूपमा राख्न समेत उनले विद्यार्थीहरूलाई अग्रसर गराए । उक्त कार्यक्रममा शिक्षकशिक्षिका विद्यार्थी एवम् अभिभावकहरूको उपस्थित रहेको थियो । कैलाशकुट बहुमुखी क्याम्पसले मानविकी, शिक्षा संकाय,व्यवस्थापन लगायतका कोर्शहरू अध्यायअध्यापन गराउदैँ आइरहेको छ ।