किड्स एण्ड टिन्स ट्यालेन्ट ट्रायल्सको उपाधी एलिसा र दिया ठकुराठीलाई (फोटोसहित)

काठमाडौं :राइज एण्ड साइनको प्रस्तुतिमा शुक्रबार ललितपुर स्थीत म्युजिक सिटीमा भएको किड्स एण्ड टिन्स ट्यालेन्ट   ट्रायल्स प्रतियोगीता सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न प्रतियोगीतामा किड्स तर्फ एलिसा वस्नेत र टिन्स तर्फ दिया ठकुराठी ले जित हात पारेका छन ।

यसैगरी किड्स तर्फ फस्ट रनरअप सिम्रन योगी र सेकेन्ड रनरअपमा प्रश्ना पौडेलले जित हात पारेका छन ।त्यसैगरी टिन्स तर्फ फस्ट रनरअपमा अनसन तण्डुकार र सेकेण्ड रनरअपमा रिजन राइले जित हात पारेका छन ।

कार्यक्रममा प्रमुख अतिथि राधेश्याम पासवान राष्टिय सभा सदस्य,विशेष अतिथिमा बौद्ध गुरु लामा घ्याचो रिम्पोच्छे ,प्रोडुसर तथा एक्टर सलोन वस्नेत ,सामाजिक अभियान्ता अनु उर्मिला श्रेष्ठ, तथा एकिकृत शक्ती नेपाल महिला प्रमुख अक्षता श्रेष्ठ,अनिता पौडेल ,अनु उर्मिला श्रेष्ठ , रिता गौतम योञ्जन, प्रधान भिजन न्युज नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक चक्र प्रसाद पोख्रेल लगायत व्याक्तीहरुकोे उपस्थीत रहेको थियो ।

प्रतियोगितामा निर्णायकको भुमिकाम एलगेन्त जुम्बा एण्ड डान्स स्टुडियोका अध्यक्ष दिपक बज्राचार्य,थिर कार्की, लिजा राई ,अमर रञ्जीत र शिजन श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मिस मंगोलकी नेपाल २०२१ की उप बिजेता विभिषिका श्रेष्ठ शाक्यले कोरियोग्राफी गरेकी थिइन । सानै देखि सक्रिय रुपमा फेसन शो लगायत विभिन्न कार्यक्रममा भागलिदै पछील्लो समय कोरियोग्राफीमा आफ्नो छुट्टै पहिचान बनाउदै आएकी छन्  । उनको कोरियोग्राफलाई पछील्लो समय धेरैले प्रशंसा गर्ने गरेका छन ।

प्रतियोगितामा भागलिन विभिन्न विद्यालयका प्रतिभावान ,कलिला ,क्षमतावान करिब ६० जना बालबालिकाहरुको सहभागीता रहेको संस्थाकी अध्यक्ष रश्मि शाक्यले बताएकी छन । साथै शाक्यले यस्ता खालका कार्यक्रमले बालबालिकाहरुको बौद्धिक ज्ञान बढने र उनीहरुमा आत्माविश्वास बढने कुरा बताएकी छन ।

राइज एण्ड साइन क्रिएशनले म्युजिक भिडियोलगायत विभिन्न सन्देशमूलक कार्यक्रमका साथै नारी हक हित र मुक्तिका सवालमा आवाज उठाउँदै आइरहेको छ । कार्यक्रममा कला क्षेत्रमा आबद्ध व्यक्तिहरू, महिला अधिकारकर्मी, समाजसेवी, पत्रकार तथा विभिन्न राजनीतिक एवं धार्मिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो भने विभिन्न व्याक्तीरुलाई सम्मान गरिएको थियो ।