वैदेशिक रोजगारमा जाने युवाहरु मेनपावरबाट ठगीदै : सरकार मौन

 

नेपालबाट  रोजगारीका लागि दिनहुँ हजारौँ नेपालीहरु मलेसिया गइरहेका छन् । मलेसिया जाने नेपाली नागरिकसँग मेननपावर कम्पनीहरुले एक जनाबराबर साढे तीन लाखदेखि ४ लाखसम्म लिइरहेको छ । यीनीहरुले पैसा लिन्छन् तर भौचर दिदैँनन् । पैसा बुझाएपछि भौचर पाउनुपर्ने जनताको अधिकार हो तर भौचर दिएमा आफू तल परिन्छ वा कानूनको दायरामा परिन्छ भनेर भौचर दिदैँनन् । मलेसिया जाने भनेको आर्थिक कमजोरी , अशिक्षित, गाउँका गरिब मानिसहरु जान्छन् तर यिनीहरु सिधासाधी जनतालाई यस्ता कम्पनीहरुले लुटिरहेका छन् । खै त राज्य वा सरकार ।

नेपाल सरकारले केही वर्षअघि मलेसिया जाने नागरिकहरुका लागि फ्रि टिकट र भिसा भनेर निर्णय गरेको थियो । साथै मेननपावर कम्पनीले मलेसियामा काम गर्न जाने मानिससँग १० हजारभन्दा बढी रकम लिन नपाइने भनेर पनि भनेको थियो । तर अहिले यी कम्पनीहरुले एकै जनासँग मलेसिया गएबापत ४ लाख लिँदा सरकार किन चुप लागेर बसिरहेको छ ।

श्रममन्त्री शेरबहादुर कुबँरले नौटंकी गर्न कति जानेको । मिनपावर कम्पनीले हामीलाई यति धेरै पैसा लिएर ठगेको भन्दै हिडेका मानिसहरु चोकचोक र चियापसलहरुमा यतिकै भेटिन्छन् ।तर मिनपावरको विरुद्धमा वा ठगहरुको यस्तो धन्दाका बारेमा श्रम मन्त्रालय वा विभागमा उजुरी गर्न जाँदा त्यहाँ उजुरी नगर्ने भन्ने कुरा पनि पीडितहरुको नै मुखबाट सुनिन्छ । साथै उजुरी दर्ता गरेपछि कारबाही पनि नगरिएको कुरा कतिको मुखबाट सुनिन्छ ।

मेननपावर व्यवसायीसँग श्रममन्त्री र विभागका महानिर्दैशकले पैसा खाएका हुन्छन् र मिडियाको अगाडि हामी जनताको अगाडि नै त्यस्ता ठग कम्पनीहरुलाई कारबाही गछौँ भन्छन् । तर त्यस्ता ठग कम्पनीहरुको दर्ता खारेज र सञ्चालकलाई कारबाही गर्दैनन् । बरु मलेसिया जान लिएको पैसा हामीले माथिदेखि तलसम्म भागबण्ड गर्नुपर्छ भनेर मेननपावर कम्पनीहरु बताउँछन् ।

मेननपावरले पहिला पैसा लिने समयमा एक महिना मलेसिया पुप्याउँछु भनेर लिन्छ तर पैसा र पासर्पोट लिएको ३ देखि ६ महिनासम्म पनि विदेश पठाउँदैन । गाउँका आर्थिक कमजोर भएका मानिसहरु आफ्नो खेतबारी बेचेर , धितो राखेर वा मिटरबजमा पैसा लिएर मलेसिया जान मेननपावरमा पैसा बुझाउँछन् तर यस्ता मानिसहरुलाई यीनीहरुले झन् कंगाल बनाउँछन् ।

यता नेपाली नागरिकसँग सरकारलाई कर प्राप्त भइरहेको छ भने उता नेताहरुलाई भोट पाउने व्यवस्था मिलिरहेको छ । नेपालीहरु जन्मिएको मितिले १६ वर्षपुगेपछि नागरिकता र पासर्पोट बनाउँछन् कोही पैसा हुने अमेरिका , अस्ट्रेलिया पुग्छन् भने कोही आर्थिक कमजोरी भएकाले बाध्यताका साथ मलेसियातिर लाग्छन् । नेपाली नागरिकहरु १ करोडभन्दा बढी कामका लागि बाहिरी मुलुकमा रहेका छन् ।

साथै यी कम्पनीहरुले पहिला पैसा लिँदा काम राम्रो भएको र तलब पनि बढी हुने बताउने गर्छन् तर त्यहाँ गएपछि काम पनि जटिल र तलब पनिकम हुने गर्छ । मेननपावर कम्पनी र नेपाल सरकार मिलेर नेपाली नागरिकलाई खसीबाख्रा जसरी बेचिरहेको छ । मेननपावरहरुले जनता महंगो मूल्यमा बिक्री गरेर आफू कमाइरहेको छ भने सरकारलाई जनता बेचेर रेमिट्यान्स भित्राइरहेको छ । नेपाली जनताहरु जन्मिएको मितिदेखि मरेको मितिसम्म वा अन्तिम संस्कार गर्नुजेलसम्म कर तिर्छन् । तर राष्ट्र वा सरकारले नै जनतामाथि विभेद गर्छ ।

ती देशहरुमा घामपानी, दिनरात नभनी उनीहरुले काम गरेर आफ्नो मुलुकमा पैसा पठाउँछन् तर यहाँ त्यही  पैसा सरकारले सरकारी कर्मचारी र नेताहरुलाई तलबभत्ता र गाडीमा खर्च गर्ने गर्छ । नेपाल पछिल्लो समय हरेक देशको अगाडि नेपाली नागरिक बेच्ने मुलुकका रुपमा परिचित भइरहेको छ । अहिले घरै पिछे जस्तो युवाहरु सबै विदेश गएका छन् । गाउँदेखि सहरसम्म बच्चा र बुढो मानिसमात्र भेटिन्छन् । अहिले त आफ्रनै आमाबुबा मरेमा पनि शव जलाउनका लागि छोराछोरी यता हुदैँनन् ।

नेपालमा नै नेपालीलाई विदेश पठाउने नाममा मिनपावर कम्पनीले पैसा र पासर्पोट लिएर ठगीरहेका छ । तर तिनीहरुलाई कारबाही गर्न र न्याय दिन त श्रममन्त्रीले सकेका छैनन् भने विदेशमा अन्यायमा परेर मरेका मानिसहरुको शव त झन् कसरी नै ल्याउन सक्छन् । एक नेपाली नागरिकले विदेश गएर फर्किदा एक नेपाली नागरिक मरेको शव ल्याएमा उसले बिर्सो सञ्चारकर्मीलाई एयरर्पोटमा बोलाएर सरकारले गर्न नसकेको काम मैलेँ गरे भनेर प्रचारप्रसार गर्छ । यो कुराभन्दा लाजमर्दो अरु के हुन सक्छ र श्रममन्त्रीज्यूँ ।

अहिलेपनि कति नेपालीहरु काम गर्दा नै विदेशमा मरेका हुनाले नेपालमा उनीहरुको लास आउन पाएको छैन भने कति नेपालीहरु काम गर्ने सिलसिलामा गल्ती नै नगरी विदेशी जेलमा बसिरहेका छन् तर उनीहरुलाई सरकारले छुटयाउन सकेको छैन । यदि नेपाल सरकारले नेपालीलाई नेपालमै रोजगारीको व्यवस्था मिलाएको भए आज नेपालीहरु विदेशी जेल र मर्नेसमयमा पनि विदेशमा नै मर्नुपर्दैन थियो ।अहिलेसम्म पनि विदेशमा मरेका नेपालीको शव ल्याउन र जेलमा बसेका मानिसहरु ल्याउन राष्ट्र, प्रधानमन्त्री र श्रममन्त्रीले केही पहल गरेको छैन ।

नेपालीहरु बाहिरी मुलुकहरुमा गएर काम गर्दा अरु मुलुकहरु धनी हुन्छ भने हामी काम गर्ने नेपाली अदक्ष हुन्छौँ । नेपालको खेतयोग्य जमिनहरु खण्डीकरण वा प्लानिङ गरेर बाटो र घर बनाएर सक्किसकेको छ । अहिले नेपालमा जनसंख्या वृद्धिदर उच्च रहेको छ तर कमाइखानका लागि जग्गा भने एउटा छैन । नेपालीहरु विदेश गएर आफन्तजनकलाई पैसा पठाउँछन् र त्यही पैसाबाट नेपालमा भएका मानिसहरुले भने सबै खाघान्न बाहिरी मुलुकबाट आएको किनेर खान्छन् ।

यसरी विदेशबाट कमाएर पठाएको मुद्रा फेरिपनि विदेशतिर नै फर्कन्छ ।नेपालको जनशक्तिहरु पनि अब बिस्तारैबिस्तारै बाहिरी मुलुकले लग्छ भने आर्थिक वा नेपाली मुद्रा पनि सबै लग्ने छन् ।नेपालीहरुसँग नेपालमा नै व्यापारव्यवसाय गर्नका लागि पैसा छैन र बैंक , फाइन्सहरुले पनि कर्जा प्रवाह गर्दैन । यहाँ बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने मानिसहरु पनि राजनितिक दलले चन्दा मागेर धुरुक नै रुवाउँछन् भन्छन् ।

मरुभूमि भएको देशमा आज नेपाली नागरिकहरु काम गर्न गएर त्यहाँ सबै बिकास भयो तर यहाँको सबै जग्गाजमिनहरु बाझो नै रह्यो । नेपालीहरुले अरुको मुलुक बिकास गरे तर आफ्नो देश बिगारे । मिनपावर कम्पनीहरुले यसरी जनतासँग महंगो पैसा लिएर ठग्दा श्रममन्त्री कुबँर चुपचाप छन् । उनी जनतासँग बढी रकम लिने मिनपावर कम्पनीलाई कारबाही गर्नुको साटो यीनीहरुसँग नै पैसा खाएर बसिरहेका छन् ।

श्रम विभाग , श्रम मन्त्रालय र मेननपावरको मिलोमत्तोमा मलेसिया जाने नेपालीहरु ठगीरहेका छन् । अहिलेका श्रममन्त्री कुबँर चुनाव खर्च उठाउनका लागि मेननपावर व्यवसायीसँग मिलेका छन् । यी कम्पनीहरु नै हामी श्रममन्त्रीलाई आर्थिक दिन्छौँ र हाम्रो अनुगमन गरिदैँन भनेर खुल्ला रुपमा बताउँछन् । यदि श्रमविभागका महानिर्दैशक र श्रममन्त्रीलाई पैसा नदिएमा अनुगमन गर्ने र हाम्रो व्यवसायमा क्षति हुनेबारे पनि उनीहरु नै बताउँछन् ।

मेननपावरहरुको यस्तो ठगी धन्दा अनुगमन गरेर नियन्त्रण गर्नुको साटोमा मन्त्री र महानिर्दैशक नै यीनीहरुसँग मिलेपछि जनताले कसरी दुःख पाउँदैनन् । मन्त्री र महानिर्दैशकहरु पनि यही जनता ठग मेननपावर कम्पनीहरुको कार्यक्रममा गएर फूलमाला लगाइ अतिथि बन्ने गर्छन् ।

अहिले राजनितिक पार्टीहरुले जति ठुल्ठुल्ला कुरा गरेपनि जनताको लागि केही काम नगर्ने, जनताले नै तिरेको करबाट तलबभत्ता खाने र विदेशीसँग महंगो ब्याजमा पैसा लिने मात्र गर्छन् । सरकारी कर्मचारीलाई सरकारले जति तलब बढाए पनि घुस खान नछोड्ने, काम नगर्ने तर आन्दोलन भने धुमधामसँग गर्ने गर्छन् । सरकारी कर्मचारीले गर्दा आज देश र जनता डुब्यो । यीनीहरुको आज अरु केही काममा योगदान नभएपनि जनता र राष्ट्र डुबाउनुमा महत्त्वपूर्ण योगदान रहेको छ ।

नेपाल अहिले विदेशी ऋणमा चुलुम्म डुबिसकेको छ , नेता र सरकारी कर्मचारीले कमाएको कालो धन सबै विदेशी बैंकहरुमा छ , नेपालको जमिन चीन र भारत मिलेर खाइसकेको छ । अहिले जनताहरु नै नेपाल चीन, भारत वा अमेरिकाले लिन्छ भनेर भन्छन् । अहिले जनताहरु नेपाल कुन देशले हस्ताक्षप गर्छ भनेर त्रासमा छन् ।

यता नेपालका नेताहरु आफ्नो फाइदाका निम्ति छिमेकी मुलुकसँग जस्तो पनि सम्झौता गर्छन् र राष्ट्र र जनतालाई दुःख दिन्छन् । सरकारी कर्मचारीले जागिर खाएको ५ वर्षमा जग्गा किनेर घर बनाउँछन् यता नेताहरु भने जहिलेपनि जनताको लागि काम गरेको भन्छन् तर काम गरेको देखिदैँन । उता उनीहरु २ देखि ३ रोपनी जग्गा किनेर महल जस्तो घर बनाई करोडौँको गाडिमा चढ्छन् तर जनताका लागि केही गर्दैनन् ।

केपी ओली , शेरबहादुरदेउवा, माधवनेपाल , प्रचण्ड , बाबुराम भट्टराई, झलनाथ खनाल हरुले राजनितिको नाममा भ्रष्टाचार गरेर कमाएको देख्दा आज हामी पनि कमाउनुपर्छ भनेर काठ्माडौँको मेयर बालेन्द्र साह र सञ्चारकर्मी रवि लामिछाने पनि राजनितिमा आए । माथिका नेताहरुले जनता र राष्ट्रको नाम बेचेर  पदमा पुगे र आज यत्रो कमाए ।

आज बालेन्द्र साह त झन् जनता र राष्ट्रको नै नाम बेचेर पदमा पुगेका छन् , उनले त झन् कति कमाउने होलान्् । रवि लामिछाने पहिला पैसा कमाउन नेपाल छोडेर अमेरिका पुगेका थिए तर आज अमेरिकामा भन्दा नेपालमा बढी कमाए हुने देखेर नेपाल भित्रिए । उनले नेपालमा आएर केही समय पत्रकारिता पेसा अपनाए तर यसपेसामा भन्दा बढी आम्दानीमा देखेपछि उनी पनि राजनितिमा नै लागे ।

आज उनीे पैसा कमाउन राष्ट्र र जनताको नाम बेचेर नेता भएर हिडिरहेका छन् । मधेशी दल र कमल थापन पनि दाउ हेरेर बसिरहेका छन् । अहिले जनतालाई यीनीहरुका बारेमा केही भन्न लगाएमा यीनीहरु भ्रष्टचारी र फटा नेताहरु हुन् भन्छन् ।यी नेताहरुले जहिले पनि आफन्तलाई जागिर लगाउने गर्छन् अनि सिधासाधी जनताहरु मलेसिया नगए कहाँ जानु । अब नेपालका नेताहरुबाट जनता सक्षम हुनुपर्छ र यीनीको खोक्रो भाषणामा विश्वास्त हुनुहुदैँन ।

विदेशी ऋण एक नेपालीको टाउकोमा ७१ ह्जार पुगेको छ महंगी बढेर बाच्ँननसक्ने अवस्थामा पुगेको छ । तर यसलाई नियन्त्रण गर्न यी नेताहरुले केही पहल गरिरहेका छैनन् । के यी नेताहरुले आफूसँग भएको सम्पूर्ण सम्पत्ति राष्ट्र वा सरकारको नाममा पास गर्न सक्छन् । पछिल्लो समय नेपालमा पैसा कमाउन सबैभन्दा सजिलो पेसा भनेको नै राजनिति हो । यसमा कुनै लगानी पनि गर्नुपर्दैन , मेहेनत पनि गर्नुपर्दैन र हावा भाषणा गरेमा नेता बनी सजिलै पैसा कमाउन सकिन्छ । अहिले राजनिति सेवा नबनाई व्यापार बनिरहेको छ ।

यस्ता नेताहरुले अझै पनि नेपाली जनतालाई नेपालमा नै रोजगारी दिन्छन् भनेर जनता कसरी पत्ताउँछन् बरु यीनीहरुले नेपाल नै बेचेर खाने छन् ।जनताले तिरेको कर सरकारी कर्मचारी र नेताहरुलाई तलबभत्ता खान पुग्दैँन अब नेपाल के को विकास हुन्छ बरु बिनाश हुन्छ । नेपालमा आर्थिक तरलता बढेर अहिले पनि आर्थिक संकट देखिरहेकोछ अब नेपाल श्रींलकाको नै बाटोमा हिडनेछ ।

रुषा थापा
भक्तपुर