स्मरण शक्तिमा विश्व रेकर्ड राखेका ‘मेमोरी किङ’ पजियार धनगढी जादै

धनगढी  : अदभुत स्मरण शक्ति भएका डाक्टर नवल पजियार धनगढी आउँदैछन्।

जनकपुरका डाक्टर पजियार ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाइसकेका ‘मेमोरी किङ’ हुन्। उनले १ मिनेटमा ५४ वटा बस्तुको स्मरण गरी विगतका रेकर्डहरू तोडेका थिए।

गिनिजले १९ डिसेम्बर २०२० मा उनलाई सबैभन्दाबढी स्मरण शक्ति भएको व्यक्तिको प्रमाणपत्र प्रदान गरेको थियो। त्यसयता ‘मेमोरी किङ’ उपनामले देश विदेशमा पजियारले ख्याति कमाइसकेका छन्।

धनगढीमा भदौ २५ गते हुने मेमोरी एण्ड लाइफ म्यानेजमेन्ट वर्कसपमा आफ्नो जीवनलाई कसरी सफल बनाउन सकिन्छ र स्मरण शक्ति कसरी बढाउन सकिन्छ भनेर प्रशिक्षण दिन पजियार धनगढी आउन लागेको कार्यक्रम आयोजक संस्था जय आर्यमा एजुकेशनले जनाएको छ। उक्त कार्यक्रमा झण्डै ६ सय जनाको सहभागिता हुने एजुकेशनका कार्यक्रम संयोजक रोहित चन्दले बताए।

पजियार लाइफ कोच, मोटिभेशनल स्पिकर तथा मेमोरी किङको रुपमा बढी चिनिन्छन्। बाल्यकालदेखि नै केही नयाँ गरौं, भन्ने सोच बनाएका पजियार त्यसबेला देखिनै फरक तरिकाले पढ्न थालेका थिए।

अरु साथीहरू रातदिन पढ्थे भने उनी थोरै समय पढ्थें। तर, नतिजा उनकै राम्रो आउँथ्यो। ‘हार्ड वर्क’ होइन ‘स्मार्ट वर्क’ गर्नुपर्छ भन्ने सोचकै कारण उनले सफलता हात पारेका हुन्। फिजियोथेरापीमा स्नातक गर्न उनी दक्षिण भारत गएका थिए। सोही क्रममा लाइफ कोच डाक्टर फ्रान्सिस जेभियरसँग उनको भेट भयो। जेभियरबाट प्रभावित भएर उनले मेमोरीका कक्षा सञ्चालन गर्न थाले। जिउने तरिका सिकाउन थाले। उनले सिकेको र आफैले निर्माण गरेको टेक्निक प्रयोग गरेर कक्षाहरू दिन थालेका थिए।

५ सय वर्ष अघिपछिका मिति तत्कालै भन्नसक्ने पजियार ‘ह्युमन क्यालेन्डर’का रूपमा समेत चर्चित छन्। घरमा टीभी, कम्प्युटर र मोबाइल कम प्रयोग गर्न अभिभावकलाई उनको सल्लाह छ। फुर्सदको समयमा बाबुअमाले किताब र पत्रपत्रिका पढ्दा बालबालिकाले पनि त्यसैको सिको गर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘त्यसले उनीहरूको दिमाग तृष्ण हुनुका साथै करले होइन रहरले पढ्नुपर्छ भन्ने धारणा बन्छ।’

बिर्सने बानी हटाउन निश्चित टेक्निकको विकास पजियारले गरेका छन्। ‘पहिलो कुरा मानिसलाई स्मरण शक्ति बढाउने चाहना हुनुपर्छ। नियमित अभ्यास गर्नुपर्छ’ उनले भने, ‘पढ्नु ठूलो कुरा होइन, पढेका कुरा दिमागमा राख्न सक्नु चाहीँ ठूलो कुरा हो।