कोरोना र बिचौंलियाले लुटिएका किसानहरु


कोरोना प्रकोपले गर्दा यतिबेला पुरा दुनिया नै उज्यालो हुँदा हुँदै पनि एउटा भयानक अन्धकार बाट गुज्रिरहनु परेको अवस्था छ। कोहि पनि यसको प्रहार बाट बच्न सकेको कुनै इतिहास छैन। चाहे त्यो धनि होस् चाहे गरिब होस, चाहे त्यो अस्पतालमा काम गर्ने डक्टर होस्, चाहे स्कुलमा पढाउने शिक्षक, चाहे त्यो पत्रपत्रिकामा काम गर्ने पत्रकार होस् ,चाहे चलचित्रमा काम गर्ने कलाकार होस्, नाइ कोहि पनि कोहि पनि बच्न सकेको इतिहास् छैन। ज्यान लिनु त एउटा कुरा छँदैछ तर ज्यान नलिएर पनि बाँच्न दिएको छैन।

 यस्तै पिडा छ  चितवनका किसानहरुको :

चितवनको पदम्पुर, खोलेशिमल, जुट्पानी, लङ्कालाइन एउटा यस्तो क्षेत्र हो जहा भारि मात्रमा टमाटर खेति गरिन्छ। यहा उब्जिएको टमाटरहरु उस्तै मात्रामा नेपालका विभिन्न स्थानमा निर्यात गर्ने गरिन्छ। काठमान्डौँ, पोखरा, झापा, मनाङ्ग, डोल्पा, रोल्पा आदि इत्यादि अन्य धेरै मधेसी र पहाडी क्षेत्रहरुमा भारि मात्रामा निर्यात गरिन्छ।

तर केहि समयदेखि यस क्षेत्रका किसानहरु एउँटा बोझबाट एउटा चिन्ताबाट गुज्रिनु परेको अवस्था छ। एक त यहाँ पहिल्यै बाट दाम कम दिइरहेका थिए तर पनि आखिर जिविका न हो सोचेर मन खुम्च्याएर भए पनि बेचिरहेका थिए। उनिहरुले एक क्यारेटको लगभग दुइ सय सम्म पाइरहेका थिए। यदि हिसाब गर्ने हो भने एक क्यारेटको २३ किलो हुन्छ र यसलाइ २०० ले हिसाब गर्ने हो भने एक किलोको करिब ९ रुपैँया भन्दा पनि कम पर्न जान्छ। अनि भविश्यमा गएर हामीले नै उक्त टमाटर व्यपारीहरु बाट ८०/९० अनि १०० रुपैँया किलो सम्म किन्नुपर्ने अवस्था सिर्जना हुन्छ। अव यो भन्दा दुखदायी अरु के पो हुन सक्ला र ? किसानले ९ रुपैया किलोमा बेचेको स्वास्थ्य टमटर फर्केर अनेक औषधी प्रगोग गरी अस्वास्थ्य भएर आउँदा यति महङ्गो भएर आउँछ। अनि किसानहरुलाई मर्नु न बाच्नु भएन त ?

 

अनि फेरि आजभोलि व्यपारीहरु टमाटर लिनलार्य पहिलेको अवस्थामाझै किसानकोमा पुग्न नसक्दा झन समस्या भएको छ। जसका कारण धेरैजसो टमाटर त्यसै कुहिएर ओइलिएर भुइमा झर्न बाध्य भएका छन्। अब टिपेर पनि के पो गर्ने र ? कति खाने ?जम्मा चार पाँच जनाको परिवार त हुन्छन्। बारिभरि टमटर हुन्छन् कहिले टिपि सक्ने, कहिले खाइसक्ने, कति खाइसक्ने र?

अनि अर्को कुरा यदि व्यपारीहरु आइहाले पनि प्रकोपको बाहाना गर्दै पहिलेको भन्दा निकै कम मात्रामा किन्ने गरेका छन्। मर्नु भन्दा बहुलाउनु बेस भने झै किसानहरु बारीमा टमाटर कुहिएर फाल्नु भन्दा बरु टिपेर बेच्दा यसो नुनतेल खाने बाटो त हुन्थ्यो भन्दै गुनासो पोख्दै टमटर कम दाममै बेचिरहेका छन्।

आखिर यो देशमा कहिलेसम्म किसानहरु घाटामा पर्नुपर्ने रुकहिले सम्म मारिनु पर्ने ? कहिले सम्म दबिनु पर्ने ? आखिर उब्ज्याउने किसान, किन्ने व्यपारी तर सारा नाफा अनि पैसा बिचको बिचौलियाले उडाइदिन्छ। व्यपारीहरु त तिन को चार गरेर विना लगानी कैयौ गुना फाइदा उठाउँछन् तर बिचरा सोझा किसानहरु कसरी नाफा उठाउनु रुअधिकाँश अशिक्षित, सिधा सिधा कार्य गर्ने बाङ्गो टेँडो गरेर त नाफा उठाउन जानेकै हुँदैनन्। जे गर्छन् आफ्नो मेहेनतले गर्छन्। त्यसैले हरेक समय उनिहरु नै ठगिनु पर्छ, उनिहरु नै लुटिनु पर्छ।

एक जना किसान दिदिसङ्ग गरेको कुरा यहाहरु माझ राख्छु :

दुइ कट्ठामा टमटर खेती गर्न करिब ५०/६० हजार लगानी लागेको थियो। बिउ, बाँस, डोरिहरु, प्लास्टिक अनि काम गर्ने मान्छेहरु साथमा आफ्नो लगन र श्रमको त हिसाब नै छैन।

पछि गएर टमटरमा हाल्ने अनेक औषधि मलको हिसाब गर्दा पुग न पुग एक लाख नै हुन्छ।

यति धेरै खर्च भएको छ तर बेच्ने बेला क्यारेटको १५०/२०० पर्न जान्छ। बेचिन भन्दा पाप लाग्छ तर एक पल्ट ४ क्यारेट ५०० रुपैँया क्यारेटमा बेचेको हो तर त्यसपछि भनेको धेरै भनेको २०० हो। अब फाइदाको त के कुरा गर्नु र निकै टाढाको कुरा हो लगानीको एक चौथाइ पनि उठेको छैन। अब यसरी कसरी चल्छ रुआखिर यो पनि त एउटा व्यपार नै हो, व्यपारमा घाटा भए पछि के गर्नु कसो गर्नु र?

घरि घरि त पैसा घाटा भएको देख्दा बौलाएर बाटोमा हिड्न मन लाग्छ। चिच्याएर कराएर हिड्न मन लाग्छ तर के गर्नु हामी त यति अक्षम छौँ कि त्यो पनि गर्न सक्तैनौँ।

अब खै अर्को पटक बाट त खेती पनि के गराइ हुन्छ होला र रु यदि घाटा नै हुने हो भने त व्यपार नै किन गर्ने हो र रुअर्को वर्ष पनि खेती गरौँला फेरि यस्तै होला। यो वर्ष त जसोतसो सहिएला तर अर्को वर्ष त मर्नु भन्दा अर्को उपाय नै छैन।

अब म व्यक्तिगत रुपमा के भन्न चाहन्छु भने यदि हरेक साल यसरि नै किसानहरुले हार मान्दै जाने हो भने खेती गर्न छोड्दै जाने हो भने कुनै न कुनै दिन हाम्रो देशमा भोकमारि अवश्य लाग्नेछ। मान्छेहरु खान नपाएर मर्न बाध्य हुनेछन्। यदि त्यो दिनको दर्शन गर्न चाहदैनौ भने आज देखि नै ति किसानहरुको इज्जत गर्न सिकौँ केवल शब्दले मात्र हैन, सान्त्वनाले मात्र हैन।
व्यवहारिक तरिकाले आफ्नो क्षमता भए सम्म, आफुले सके सम्म। सकिन्छ त पैसाले नसके उनिहरुको पिडालाइ पैसाले सहयोग गर्न सक्ने मान्छे समक्ष पुर्याउने कोशिस गरौँ। उनिहरुले उब्जाएको अन्न बाली उनिहरुले नमर्ने गरि खरिद गरौँ, यति हो।

किसानहरुलाइ अझै खेती गर्न प्रोत्साहान गरेर आफु पनि बाँच्ने अनि किसानलाइ पनि बचाउने कोशिस गरौँ।मैले त आफ्नो कर्तव्य केहि हद सम्म पु्रा गरे यो खबर तपाइको ओठ सम्म पुर्याएर अव हेरौँ तपाइले के गर्नुहुन्छ रु