प्रमिला पाठकका दुई मुक्तक

 

मुक्तक १

सोँचे त्यो अङ्गालोमा कस्सिदा संसार दियौ,
मलाई आफ्नो भन्नुको पूरा अधिकार दियौ ।
भबिष्यको बारे बिस्तारै सोच्न थालेकि थिएँ,
बिश्वास गरेको परिणाम धोका उपहार दियौ ।।

 

मुक्तक २

बरु राम्रोसँग चलेको थियो बच्पन जस्तो लाग्यो,
साँधुरीदै गए म हुर्किएको आँगन जस्तो लाग्यो ।
अन्जान व्यक्तिसँग मेरो बिवाह गर्दिने निधो गर्दा,
मलाई मेरा सबै आफन्तहरु दुश्मन जस्तो लाग्यो ।।