नवलपुरमा सेनाको बोलेरो दुर्घटना,६ जना घाइते

 

नारायण रिजाल
नवलपुर :नेपाली सेनाको टोली बोकेर काठमाडौं तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । आज बिहान नवलपुरको कावासोतीमा भे १ ज ३८४ नमवरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

१२ जना सवार जीप पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत खरकट्टा जंगलमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सल्यानबाट काठमाडौं जाँदै गरेको सो जीप दुर्घटना हुँदा श्री सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना घाईते भएको र उनीहरुलाई कावासोती स्थित नवलपुर अस्पतालमा उपचारका लागि पुर्याएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुमा धादिङ धुन्चे नगरपालिका २ का ४० बर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका ११ का ३१ बर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका १ बस्ने बर्ष २८ का मंगल वि.क. काभ्रेकै बनेपा नगरपालिका ८ बस्ने बर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार ६ का बर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका २ का बर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

घाईते अधिकांशको टाउको, ढाड, हात–खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्य रहेको जनाईएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ