आजबाट हामी दोस्रो वर्षमा प्रवेश


मालिका मिडिया प्रा.लि. द्धारा प्रकाशित अनलाइन पत्रिका ‘भिजन न्यूज नेपाल डटकम’ आजबाट एक वर्षको यात्रा पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको छ । यो छोटो यात्रामा हामीले विभिन्न चुनौतीहरु सामाना गर्यौं, यी चुनौतीहरु विच पनि हामीले आँफूलाई खरो रुपमा प्रस्तुत गर्न पछि परेनौ, नागरिकलाई सूचना प्रदान गर्नुलाई नै आफ्नो मुख्य जिम्मेवरी भएको बोध गर्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता पक्षलाई निरुत्साहित गर्दै र समाजमा भएका सकारात्मक कार्यहरुलाई प्रोत्साहन गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिक सामू पुर्याउन हामी कटिवद्ध रह्यौं ।

पछिल्लो समय नागरिकको सूचनाको पहिलो श्रोतको रुपमा अनलाइन सञ्चारमाध्यम बन्दै गएको परिपेक्षमा हाम्रो आगामी यात्रा निष्पक्ष पत्रकारितामा आधारित भई अझ शसक्त रुपमा अघि बढ्ने कुरा पाठक वर्गमा विस्वस्त गराउँदछौं । आगामी दिनमा सूचना र प्रविधिको विकास र विस्तारसँगै क्षणभरमा कुनै पनि सूचना विश्वमा प्रवाह गर्न भिजन न्युज नेपाल डटकमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

हाम्रो यो यात्रा हाम्रो एक्लो प्रयासले सफल भएको होइन, हामीलाई देश तथा विदेशमा रहनु भई समाचार सम्प्रेषणमा अहोरात्र खटिनु भएका हाम्रा सम्वाददाता, पाठकवर्ग र शुभचिन्तकहरुको निरन्तर साथ, सहयोग र सल्लाह रहिरह्यो, यहाँहरुको यहि साथले हामीले एक वर्षको यो यात्रा सफलतापूर्वक पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेका छौं, यहाँहरुको यस्तै उत्साहपूर्ण साथले हाम्रो आगामी यात्रा सफल हुनेमा हामी विस्वस्त रहेका छौं ।

यो निरन्तर साथ प्रति हामी यहाँहरु प्रति अनुग्रहित छौं, यो अनवरत साथको लागि यहाँहरु सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरुको साझा अनलाईन पत्रिका भिजन न्युज नेपाल डटकम यहाँहरुकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।