
नुवाकोट : नुवाकोट बेलकोटगढि नगरपालिका वडा नं २ फाटा पौवाका थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । गत ५ गते २२ जनाको स्वाव परिक्षणमा गरिएकोमा १३ जनामा कोभिड संक्रमण भएको जनाइएको छ ।
हाल १५ जनाको मात्र रिपोर्ट आएको र त्यसमा १३ जनाको रिपोर्ट पोजेटिभ भएको बताइएको छ । २२ जनाको स्वाव परिक्षण गरिएकोमा बाँकी ७ जनाको रिपोर्ट आउन बाकी रहेको जनाइएको छ ।
नुवाकोट २ मा हालै मात्र आइशुलेशन वाड तथा अक्सिजन सहितको वेडहरूको स्थापना पनि गरिएको छ ।
