अब चाहिँ घरभाडा निधारर्ण गर्ने हो कि , सरकार : रुषा थापा

 

अहिले बजारमा जताततै महंगी बढिरहेको छ । घरधनीहरुले पनि महंगाी बढ्यो भनेर डेरावालासँग भाडा वृद्धि गरिहेको पाइन्छ । घरधनीहरुले अहिले फल्याट, अफिस ,सटर लिएर व्यापार व्यवसाय गर्ने आदिलाई आफू खुशी भाडा बढाइरहेका छ । यसरी घरधनीहरुले बढाएको वा मागेको भाडा डेरावालले महंगो भयो भन्यो भनी कोठा खाली गर्न लगाउने र नयाँ मानिसलाई झन् महंगोमा भाडा लगाउने गर्दछन् । घरधनीहरु यसरी पुरानो मानिसलाई निकालेर नयाँँ मानिसलाई महंगोमा कोठा भाडा लगाउने काम गरिरहेका छन् ।

जताततै अहिले घरधनीहरुको दादागिरी , लुट र ठगको धन्दा मौलाएको छ । नेपालको कानून अनुसार भाडामा बसेको मितिले २ वर्ष नपुगी घरधनीहरुले भाडा बढाउन पाउदैनन् । बढाएपनि २ वर्ष पुगेपछि भाडाको १० प्रतिशत जोडेर मात्र बढाउन पाइन्छ । तर यता अहिले घरधनीहरुले डेरावालसँग बसेको मितिले ६ महिनामा नै भाडा बढाउने गर्छन् ।

कुनै एउटा कोठा पहिला बस्दा ४ हजार थियो भने ६ महिनापछि त्यँही कोठा ५ हजार हुन्छ । सटर पनि ठाउँ हेरेर पहिला बस्दा ५ हजार थियो भनी ६ महिनापछि सिधैँ ५ हजार अर्को घरधनीले बढाउने गर्छ । एक फल्याट १५ हजारमा लिएको थियो भनी २० हजार बनाउने गर्दछन् । यसरी घरधनीहरुले भाडा बढाउँदा न सरकार नै बोल्न सक्छ न डेरावाल नै बोल्न सक्छ । अहिले घरधनीहरुको कारणले गर्दा डेरावालहरु ३/३ महिनामा कोठा सर्दै हिड्नुपरिरहेको छ । जसले गर्दा समयको साथसाथै बालबच्चाहरुको पढाईमा पनि असर पुगिरहेको छ ।

घरधनीहरु जुनसमयमा आफूलाई भाडा बढाउन मन लाग्छ त्यहँी समय भाडा बढाउने गर्छन् । बढाएको भाडामाथि डेरावालले केही बोलेमा घरधनीहरु निस्केर जानुस् भनेर भन्छन् । जसले गर्दा डेरावालहरु त्यँही महंगो भाडा तिरेर बस्नुपर्ने वा कोठा छोडेर जानुपर्ने बाध्यता सिर्जना हुने गर्छ । डेरावालहरु अहिले घरधनीहरुका कारण पीडित बनेका छन् ।

अहिले घरधनीहरु पुरानो डेरावालहरुलाई निकाल्दै नयाँ कोठा खोज्न आउने मानिसलाई महंगो भाडा लिर्दै ठगिरहेका छन् । विभिन्न मुलुकहरुमा एउटै घरमा धेरै समय बसेमा भाडामा पनि छुट हुन्छ र त्यो घरमाथि पनि डेरावालको हक लाग्ने गर्छ ।तर नेपालमा भनी भाडामा बस्ने मानिसहरुलाई घरधनीहरुले मान्छे नै होइन जस्तो व्यवहार गर्ने गर्छन् । डेरावालहरुले कमाएर घरधनीहरुले जे माग्छन् त्यति नै भाडा दिने गर्छन् ।

तर घरधनीहरु डेरावाललाई सेवासुविधा भनी केही दिदैँन । यसरी पैसा भनी महंगो लिने तर सेवासुविधा भनी केही नदिने काम घरधनीहरुले गरिरहेका छन् । घरधनीहरु आफ्नो घर भन्दैमा कोठा, फल्याट, सटर आदिको मुल्य आफूखुशी राख्ने गर्छन् ।सरकारले भनी अहिलेसम्म कुन कोठा, सटर, फल्याट आदिको भाडा कति भनेर निधारर्ण गरेको छैन ।

कुन घर व्यापार गर्न, कुन भाडामा लगाउन र कुन घर अफिसको लागि दिने भनेर यसको मापदण्ड अहिलेसम्म सरकारले बनाएको छैन ।घरधनीहरु पैसा उठाउनपनि जोखिमपूर्ण, भत्किन लागेका जस्ता घरहरु भाडामा लगाउने गर्छन् तर केही गरी त्यो घर भत्केर डेरावाललाई केही भएमा त्यसको जिम्मा भनी लिदैँनन् । अहिले पनि एउटा कोठा पाउनका लागि धेरै सङ्घर्ष गर्नुपर्छ । खाली सटर ,फल्याट आदिका लागि अहिले विभिन्न दलालीहरुसँग सम्पर्क गर्नुपर्छ । यता घरधनीहरु पुरानो मानिसलाई विभिन्न बहाना बनाई कोठा सरेर जानुस् भन्ने गर्दछन् ।

कोठा खोज्न जाँदा घरधनीहरुले झप्यालमा घरधनीको सम्पर्क नम्बर र कोठा खाली छ भनेर लेखेका हुन्छन् । तर घरधनीहरुले जे भन्छन् त्यति नै तिर्छु भनेर नभन्दासम्म उनीहरु कोठा भाडामा दिने गर्दैनन् । बरु उनीहरु आफ्नो घरको कोठा खाली राख्न नै तयार हुन्छन् ।

घरधनीहरु आफ्नो निजी घर भनेर घर बनाउने अनि भाडामा लगाई पैसा कमाउने तर राज्यलाई भनी कर तिर्दैनन् । यता सरकारले सरकारी कर्मचारीको तलब २०७९ /४/१ गतेबाट १५ प्रतिशत वृद्धि गप्यो । तर निजी क्षेत्रमा काम गर्ने , संघसस्ंथा, घरायसी काम गर्ने आदिको तलब अहिलेसम्म बढाएको छैन ।

केपी ओलीको सरकारले २०७८/४/१ गतेबाट जुनसुकै क्षेत्रमा काम गर्ने वा घरायसी काम गर्ने मानिसहरुको तलब वृद्धि गरेर १५ हजार रुपैँया तलब दिने भनेर निर्णय गरेको थियो तर शेरबहादुर देउवाको सरकारले त्यो पनि कार्यावन्यन गरेन । अहिले घरायसी काम गर्ने मानिसहरु महिनोभरिको ५ हजारमा घरको सम्पूर्ण काम गर्ने गर्छन् । त्यस्तै यता सहकारीमा बजार प्रतिनिधिहरु बिहानको ९ बजेबाट बेलुका ७ बजेसम्म काम गर्ने गर्छन् तर उनीहरुलाई महिनाभरिको ७ देखि ८ हजार मात्र तलब दिएको हुन्छ ।

यता निजी कार्यालयमा काम गर्ने मानिसहरु महिनाको १० हजारमा काम गर्ने गर्छन् । कतियौँ निजी कार्यालयमा काम गर्ने मानिसलाई त्यँहाको साहुले ३ महिना वा एक वर्षसम्मदेखिको तलब दिएको छैन । काम गर्ने ठाउँमा महंगाी बढ्यो तलब बढेन भन्यो भनी कामबाट नै निकालदिन्छ । सरकारले भनी उता यातायात व्यवसायको दबाबमा आएर सार्वजनिक यातायातको भाडा एक वर्षमा चार पटक बढायो ।

पसलेहरु पनि हप्तैपिछे सामानको मूल्य बढाउने गर्छन् । घरधनीहरु पनि ३/३ महिनामा भाडा बढाउने गर्छन् ।अब भाडामा बस्ने मानिसहरु महंगीको मारमा परी मर्नु कि बाच्ँनु अवस्थामा पुगेका छन् । अहिले प्रायजसो मानिसहरुको अवस्था नाजुक भएर आफ्नो बालबच्चालाई सरकारी विघालयमा पनि पढाउन नसक्ने भएका छन् । मानिसहरुसँग अहिले कोही आफन्त वा बालबच्चा बिरामी भएमा उपचार गर्ने पैसा पनि छैन । घरधनीहरु महिना मर्नुभन्दा अघि नै घरभाडा माग्ने गर्छन् ।

यसरी घरधनीहरु पैसा भनी महिनाअघि नै लिन्छन् तर पैसा तिरेको बिल भनी चाहिँ दिदैँनन् । घरधनीहरु सवारी साधन घरको गे्रटभित्र राखेको पनि महिनाको ५ सय देखि १५ सय रुपैँयासम्म लिने गर्छन् । त्यस्तै गरी पानी भने दिदैँनन् तर पैसा भनी दोब्वर लिने गर्छन् । फोहोर , भत्ती, इन्टरनेट आदिको पैसा पनि आफूखुशी लिने गर्छन् ।

कपडा सुकाउन छतमा जान पनि दिदैँनन् । एकदममै चिसो ,अधुरो र साघुँरो कोठाको भाडा ६ हजार देखि १३ हजारसम्म ठाउँअनुसार लिने गर्छन् । अहिले पनि घरधनीहरुले तल्लो जात, एक्लो महिला, विघार्थी , बुढाबूढी र मजदुरी काम गर्ने मानिसहरुलाई कोठा दिन मान्दैनन् ।घरधनीहरुको यस्तो लुट र ठगको धन्दाबारेमा डेरावालले उजुरी र विरोध गर्ने ठाउँ पनि कतै छैन ।

आफू जन्मिएको ठाउँ छोडेर विभिन्न सेवासुविधाको खोजीमा अर्को जिल्लामा आएर कोठा भाडामा लिएर बस्ने मानिसहरु धेरै छन् । नेपालको जनसङ्ख्याको आधारमा ७५ प्रतिशत मानिसहरु अहिलेपनि भाडामा नै बस्छन् ।

जसमा उपत्यकाभित्र र बाहिरा धेरै मानिसहरु भाडामा बस्ने गर्छन् । भाडामा बस्ने मानिसहरुले पाउनुपर्ने सेवासुविधा के के हो भनेर सरकारले ऐन कानून नबनाउँदा डेरावालले घरधनीहरुलाई महिना महिनामा तिरेको पैसा सस्तो वा महंगो हो भनेर डेरावाल र सरकार दुवैलाई थाहा छैन ।

एकतिर सरकारले घरबालकर पाउँदैन भनी उता घरधनीहरु डेरावाललाई महंगोमा भाडा लगाएर शोषणा गरिरहेका छन् । यसरी वडाबाट अनुगमन गर्न कर्मचारीहरु नआउँदा घरधनीहरुको ठगको धन्दा झन् बढि मौलाएको छ ।

घरधनीहरु राज्यलाई घरबाल कर तिर्नुपर्छ भनेर सबै कोठामा आफनो आफन्त बसेको छ भनेर भन्ने गर्छन् तर कोठा भनी सबै महंगो भाडामा लगाएका हुन्छन् । यदि वडाबाट सरकारी कर्मचारी अनुगमन गर्न आएमा एउटा कोठाको महिनामा ५ हजार रुपैँया लिएको छ भनी घरधनीहरु डेरावालसँग ५ सय रुपैँया मात्र लिएको छ भनेर भन्न लगाउँछन् र राज्यलाई ४५सय रुपैँयाको राजस्व छल्ने गर्दछन् ।

एउटा सटरको ठाउँ अनुसार घरधनीहरुले महिनाको ३ लाखसम्म लिने गर्दछन् तर कर्मचारी आउँदा ५ हजार मात्र भन्नुस् भन्न लगाई राजस्व छल्ने गर्छन् ।सरकार के महंगाी घरधनी र सरकारी कर्मचारीलाई मात्र बढ्ने हो र , के डेरावालहरुलाई भनी महंगी बढ्दैँन । डेरावालहरुलाई महंगी बढ्छ भाडा बढ्छ तर तलब कहिले बढ्दैन ।

घरधनीहरुले एउटा घर भाडामा लगाएर ५० हजार देखि ३ करोड सम्म लिन्छन् तर राज्यलाई घरबाल कर तिर्दैनन् । एउटा घर जग्गा किनेर बनाउँदा ठाउँअनुसार डेढ करोडदेखि ५० करोडसम्म लगानी गर्छन् तर त्यो लगानी गरेबापत पनि राज्यलाई कर तिर्दैनन् । एक पटक घर बनाएपछि ५० वर्षसम्म पनि त्यो घरको प्राधिकरण चेकजाँच हुदैँन ।

अब सरकारले ६÷६ महिनामा घरको प्राधिकरण, जाँचपास , घरलाई कम्पनीमा दर्ता गराई पञ्जीकरण गर्ने , लगानी गरेबापत कर लिने र घरभाडामा लगाइपछि राज्यले कर उठाउने गर्नुपर्छ । सरकारले अब पञ्जीकरण नभएको वा कम्पनीमा दर्ता नभएको घरको नामसरी र घरको सम्पूर्ण भएको प्रमाण पत्र रोकदिने गर्नुपर्छ । वडा तथा नगरपालिकाले कर्मचारी खटाएर बालमा बस्ने, सटरमा बस्ने, फल्याट लिएर अफिस सञ्चालन गर्ने मानिसहरुको डाटा संकलन गर्ने गर्नुपर्छ ।

घरधनीहरुले महिनामहिनामा डेरावालसँग उठाएको पैसा अबदेखि सरकारले उठाउने र राज्यले पाउनुपर्ने कर काटेर घरधनीको खातामा हाल्ने गर्नुपर्छ ।जसले गर्दा राज्यको ढुकुटीमा राजस्व पनि आउँछ र घरधनीहरुले कर छल्न पनि पाउँदैनन् । अहिले घरधनीहरुले तीन तल्लाको नक्सा पास गरेर पाँच तल्लाको घर बनाएका छन् । जुन घरहरु सबै सरकारको मापदण्ड विपरीत रहेका छ ।

यी घरहरु भूकम्प आएमा जुनसुकै समयमा भत्किन सक्छ र डेरावालहरु मर्नुपर्ने अवस्था सिर्जना हुने छ । सरकार अब चाहिँ घरभाडा निधारर्ण गर्ने हो कि । कि सम्म घरधनीको शोषणामा डेरावाल दबिएर बस्नुपर्ने हो सरकार । के सरकारभन्दा घरधनी ठुलो हो कि घरधनीसँग सरकार डराएको हो ।

रुषा थापा
भक्तपुर