रामेछाप : उपचारको लागि मेडिकल पुगेका ८ वर्षीय नाबालकमाथि डाक्टरबाटै कुट्पिट्

 

पुष्कर खड्का

रामेछाप : रामेछापको मन्थली डेन्टल क्लिनिकका चिकित्सकले दात निकाल्न आएका ८ वर्षीय नाबालक माथि निर्घात कुटपिट गरेका छन् ।

सनिवार दात निकाल्न आएका मन्थली नगरपालिका ७ भटौली निवासी गोपाल पाण्डेका छोरा विज्ञान पाण्डेले दात निकाल्न नदिएको भन्दै झापडै–झापड् लगाएर मेडिकलका संचालक समेत रहेका रामेश्वर के‍.सीबाट निर्घात कुटपिट गरिएको बालकका काका हरि पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार बच्चाको दाँत फुकाल्दा दुःख्यो भनेर रोएपछी र मुखमा ‘स्प्रे’ हालेकाले थुक्छु भन्दा केसीले कुटेका हुन् ।बालकको गालामा कुट्पिट्बाट निलडाम देखिएको छ ।

बच्चाको गाला सुनिएको र गालामा निलडाम देखिएपछि बच्चाकि आमाले कुटपीट् गरेका डाक्टरलाई सोद्पुछ गर्दा बच्चा मरेको छैन् । मरेको भए क्षतीपूर्ती दिन तयार छु, भन्ने जवाफ फर्काएको बालककी आमाले बताइन् ।

बालकको स्वास्थ्य परीक्षणपछि बालकमाथि कुटपिट गर्ने के.सी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरी माथी छलफलको लागि केसिलाई आज १० बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ।