टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप

काठमाडौैंं : बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।

झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ । जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग चलि नरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ । जोडीमा केही असमझदारी भएपछि एकआपसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन् ।

टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ । ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे ।