राजीनामा माग गदैं नेवि संघद्धारा गभर्नरको पुत्ला दहन

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी ९नेवि०संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पुत्ला दहन गरेको छ ।बिहीबार संघमा आवद्ध विद्यार्थीहरुले गभर्नर नेकपा एमालेका भएको आरोप लगाउँदै पुत्ला जलाएका हुन् ।

एमालेको आर्थिक तथा योजना विभागमा एम अधिकारी नाम रहेपछि त्यो व्यक्ति गभर्नर अधिकारी नै भएको दावी गर्दै नेवि संघले प्रदर्शन गरेको हो ।उनीहरुले भृकुटिमण्डपको सडकमा गभर्नर अधिकारीको कार्टुन बनाएर प्रदर्शनपछि पुत्ला जलाएका थिए ।

आजै अनेरास्ववियु क्रान्तिकारीले पनि गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेको थियो ।