जमरकट्टेल सेवा प्रतिष्ठानद्धारा अग्रजलाई सम्मान : बन्धु गान सार्वजनिक (फोटो फिचर )

काठमाडौं :जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल ,नेचा सोलुखुम्बुले आज काठमाडौको सिफलमा अग्रज बन्धु सम्मान एवम गीतकार विजय कट्टेल छहराद्धारा रचना गरिएको जमरकट्टेल बन्धु गानको लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा समाजसेवी शिव जमरकट्टेलले कार्यक्रममा आफ्नो भनाइ राख्दै यस्ता खालका कार्यक्रमले आम जमरकट्टेल बन्धुहरुबीच भातृत्वको भावना जागृत गर्दै एक आपसमा हातेमालो गरेर बन्धु उथ्थानका लागि सबैले अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

उनले भने “ कुनै पनि कार्य एकताविना सम्भव नभएको र एकताका लागि जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल एक आपसमा जुटेर स्वदेश तथा विदेशमा समेत बन्धु एकतालाई विश्व परिवेशमा अगाडी बढाइरहेको छ । ” जसका लागि यस्ता खालका कार्यक्रमहरु विभिन्न ठाउ र तह तप्कामा गर्नुपर्ने उनको तर्क थियो ।

प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलले शिक्षा,स्वास्थ्य,अशक्त,असाहय र समाजका विभिन्न पिडाबोधले छटपटिएका विभिन्न बन्धुहरु का लागि प्रतिष्ठानले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरु जारी राखिने बताए ।उनले भने हामीसंग भएको थोरै समयलाई मात्र समाजका लागि सोचीदिने हो भने यस्ता प्रतिष्ठानले सामाजिक क्षेत्रमा सहयोगी भुमिकाको रुपले निकै छिटो फड्को मार्ने बताए ।

त्यसै गरी कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले जमरकट्टेल बन्धु समाजले आफ्नो समाज सम्बन्धी गीतको विमोचन गरेकोमा खुशी व्यक्त गरे । साथै उनले गीतकार विजय कट्टेल छहराले बन्धु गान तयार गरेर बन्धु पहिचानका लागि यसको इतिहास,पहिचान र राष्ट्रभाव झल्काउने महत्पूर्ण काम गीतको माध्यमबाट गरेको कुरा बताए ।

कार्यक्रममा बोल्दै जमरकट्टेल बन्धु गानका रचनाकार विजय कट्टेल छहराले प्रतिष्ठानले गरेका कार्यलाई धन्यवाद दिदै कला,साहित्य र संस्कृतिमाथि प्रतिष्ठानले चालेका कदमहरु निकै महत्वपूर्ण रहेको कुरा बताए ।बन्धु पहिचानका लागि सबैलाई समेटेर अगाडि बढ्दा यसको भावना,मर्म अझै झागीदै जाने र समाजमा यसको पहिचान झन चम्कीलो हुर्दै जाने उनको तर्क थियो ।
हामी थोपा छौ समुद्र बन्नका लागि धेरै ठकर र धेरै जङघार तर्न बाकी नै छ यसका लागि सञ्चारको माध्ययमबाट हासो,खुशी र दुख सजिलैै साटन सकिन्छ भन्ने कुरा उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव जमरकट्टेलले जव मानिस आफ्नो पहिचान बनाउन सुरु गर्छ तव उसलाई आफ्नो पुर्खा ,इतिहास र स्वाभिमानको खोजि गर्न शुरु गर्छ । हामी अहिले ठिक यहि मोडमा उभिएर आफैलाई खोजिरहेका छ खोजिरहेका छौं । यो असल कार्यका लागि प्रतिष्ठानले निकै ठूलो सहजिकरणको भुमिका निर्वाह गरेको कुरा बताए ।

कार्यक्रममा बन्धु समाजका अग्रज टंक प्रसाद जमरकट्टेललाई प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलले अभिनन्दन पत्रसहित खादा ,माला र उपहार समेत प्रदान गरे ।
कार्यक्रमलाई सञ्चालन प्रतिष्ठानका सचिव देवेन्द्र जमरकट्टेलले गरेका थिए ।

फोटो : चक्र प्रसाद पोख्रेल (भिजन न्युज नेपाल)