
रातो माटो कालो पार्यौ ,
हिमालको आँशु झार्यौ
त्यति शान्त मेरो देश ,
सास फेर्न गाह्रो पार्यौ
खतरा को घन्टी बज्छ ,
कानभित्र किरिकिरि
कैले होला मेरो झन्डा ,
फहराउने फिरिफिरि
कहाँ बाट आयो कुहिरो ,
मडारियो कालो बादल
गाउन छाड्यो रोदी घर ,
बज्नै छाड्यो गाउँमा मादल
रातो माटो कालो पार्यौ ,
हिमालको आँशु झार्यौ
त्यति शान्त मेरो देश ,
सास फेर्न गाह्रो पार्यौ
जुन आमाले जन्म दिइन् ,
किन होला लात हान्ने
आमालाई दासी बनाई ,
आफूलाई मालिक ठान्ने
छाडिदेऊ न यस्तो दम्भ ,
जितहार गर्ने खेल
सेवा गर जननीको,
बग्न नदेऊ आँशु भेल
रातो माटो कालो पार्यौ ,
हिमालको आँशु झार्यौ
त्यति शान्त मेरो देश ,
सास फेर्न गाह्रो पार्यौ
महामारी बाटो खोज्छ ,
कताबाट सास खोसूँ
मानवताको फूलबारीमा ,
दानवताको दारा धसूँ
एक मुठी सास पाए ,
बाँच्ने आत्मा कोटी कोटी
यस्तो बेला तिम्रो शक्ति ,
देखाइदेऊ न एकैचोटी
रातो माटो कालो पार्यौ ,
हिमालको आँशु झार्यौ
त्यति शान्त मेरो देश ,
सास फेर्न गाह्रो पार्यौ !!!
