राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा रिट दायर,कमल थापा आफैंले बहस गर्ने

काठमाडौं : राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा आज रिट दायर गरेको छ । रिट निवेदनमाथि मुद्दाको पेसी भोलीलाई तोकिएको छ । पार्टीको मुद्दामा अध्यक्ष कमल थापा आफैंले बहस गर्ने भएका छन् ।

यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन्, ‘संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन । विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ । राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ ।’ यससम्बन्धि मुद्दाको भोलि पेशीमा आफैं बहस गर्न जाने थापाले बताएका छन् । ‘सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ,’ उनले लेखेका छन् ।