घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति


दाङ :दाङमा आगलागी हुदाँ सातलाख बराबर क्षति भएको छ।जिल्लाको दंगिशरण गाउँपालिका वडा नं २ निवासी वसन्त शाहीको घर जल्दा घरमा भएका सबै धनमाल जलेर नष्ट भएको छ ।
शनिबार दिउँसो शाहिको घरमा आगलागी हुदाँ घर भित्र भएका लत्ताकपडा,खाद्यान्न,बाख्रा लगायतका सामग्रीहरु जलेर नष्ट हुँदा करिव सातलाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
घरमा आगलागी कसरी भयो भन्नेबारे प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।