जशोदा सुब्बाको “हेर्न मन लाग्छ” गीत सार्वजनिक

काठमाडौं : जशोदा सुबा र राजेश चौधरीको आवाजमा रहेकको गीत “हेर्न मन लाग्छ” सार्वजनिक भएको छ | उक्त गीत आज शनिबार डाक स्टुडियो युटुब च्यानल बाट सार्वजनिक भएको हो |

प्रेमिल भावमा बनेको “हेर्न मन लाग्छ” गीतमा बाल्यकाल देखिको सच्चा प्रेमलाई कुमार श्रेष्ठले आफ्ना शब्द द्वारा दर्साउन खोजेका छन् भने  त्यी शब्दहरुलाई देव स्याङ्गतानले लयबद्द गरी बाबु प्रधानले एरेन्ज गरेर मिक्स/ मास्टरिङ्ग गरी गीतलाई पूर्ण गरेका छन् |

गीत “हेर्न मन लाग्छ” लय, शब्द र स्वरले मिठो सृजना बनेको छ |

गीतको कथामा पनि बाल्यअवस्था देखि कलेज जीबन सम्मको प्रेम देखाउन खोजेको छ | बाल अवस्थामा समय  परिस्थितिले बिछोडिएका साथी समयले नै भेटाएको छ | निमा लामा तामाङले निर्देशन गरेको उक्त भिडियोलाई आदिप कुलङ राईले छायांकन गरका हुन् भने बिस्वास भण्डारीले सम्पादन गरेका हुन् |

भिडियो हेर्नुहोस