रोटरी क्लव अफ राजधानीको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न, निश्चलले लिए अध्यक्षको सपथ


काठमाडौं  : रोटरी क्लव अफ राजधानीको पदस्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको अरन्य बुटिक होटलमा आयोजित विशेष समारोहमा अध्यक्ष निष्चल बहादुर श्रेष्ठले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन जितेन्द्र बहादुर राजभण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।


उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारी, पूर्व गर्भनर संजय गिरी लगायत पूर्व गर्भनरहरु, असिष्टेन्ट गर्भनरहरु, बैंक, वित्तीय संस्था, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त गैह् रोटरियनहरुको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले निश्चल बहादुर श्रेष्ठको कार्यकालमा डिस्ट्रिकको लक्ष अनुरुप उपब्धि हासिल गर्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताउँदै युवा प्रिसिडेन्टको रुपमा उनले फरक शैली र तरिकाले आँफूलाई प्रस्तुत गर्दै यो वर्षको उत्कृष्ट प्रिसिडेन्टको रुपमा स्थापित गर्ने आशा राखेको बताए ।


रोटरी क्लव अफ राजधानीका पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठले आफ्नो स्वागत मन्तव्यको क्रममा उपस्थित सम्पूर्णमा क्लवको तर्फबाट हार्दिक स्वागत गर्दै रोटरी संसारभरको पुरानो सामाजिक र परोपकारी कार्यमा सक्रिय सामाजिक संस्था भएको चर्चा गर्दै निश्चल बहादुर श्रेष्ठले यो गरिमामय संस्थाको मर्म र भावना अनुरुप कार्य गर्नेमा विश्वस्त रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । क्लवका निवर्तमान अध्यक्ष नरेन्द्र नारायण श्रेष्ठले निश्चल बहादुर श्रेष्ठको सफलताको शुभेच्छा व्यक्त गर्दै आफ्नो तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।


अध्यक्ष अध्यक्ष निष्चलले आफ्नो कार्यकालमा विभिन्न सामाजिक र परोपकारी कार्यहरुको साथै रोटरीलाई सर्वसाधारण सम्मको जानकारीमा पुर्याउन विभिन्न तरिकाले पहल गर्ने बताए ।
कार्यक्रममा उपस्थित आगामी वर्षका लागी प्रिसिडेन्ट इलेक्ट के.पी. उपाध्याय लगायत पूर्व प्रिसिडेन्टहरु डा. भवानी प्रसाद ढुंगाना, देवेन्द्रलाल श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, डा. विश्वकेशर मास्के, एम.के झा, प्रकाशमान प्रधान, अजय सिंह कार्की तथा उपस्थित सबै सदस्यहरुले अध्यक्ष निश्चल बहादुर श्रेष्ठको कार्यकालको सफलताको शुभेच्छा सहित आफ्नो तर्फबाट सकेको सहयोगको प्रतिवद्धताको साथ खुशी व्यक्त गरेका थिए ।


युवाहरु नेतृत्व तहमा आउनु पर्छ भन्ने विश्वास राख्ने निश्चल बहादुर श्रेष्ठले आफ्नो कार्यकालको संचालक समितिमा पनि युवाहरुलाई समेटेका छन् । रोटरी क्लव अफ राजधानी सहित अन्य क्लवहरुले समेत उनको कार्य क्षमता र शैलीको प्रशंसा गर्दै आफ्नो कार्यकालमा रोटरीलाई धेरै नयाँ कुरा दिनेमा विश्वस्त रहेको बताएका छन् ।
सोहि अवसरमा सफल उद्यमी एवं सकारात्मक सोचका परिकल्पनाकार कर्ण शाक्यलाई क्लवको मानार्थ सदस्यता दिइएको थियो ।


उक्त अवसरमा रोट्रयाक्ट क्लव अफ राजधानीका अध्यक्ष कर्म गुरुङले डिस्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ लक्ष्मण खरेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छिन् ।

आफ्नो संक्षिप्त मन्तव्य व्यक्त गर्दै रोटरीका कार्यहरुको सफलतामा रोट्रयाक्टको सधैं साथ रहने तथा अग्रज रोटरियनहरुको सल्लाह र सुझाव अनुसार कार्य गर्ने बताउँदै उनले युवाहरुमा समाजसेवाको भावना विकास गर्ने कार्यमा सक्रिय रहने बताए ।


स्वार्थरहित सामाजिक सेवाको उद्देश्यले १९०५ फ्रेबुअरी २३ संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा रोटरीको स्थापना भएको हो ।

संसार भरि ३५००० रोटरी क्लबहरु छन् भने लगभग १५ लाखका हाराहारीमा यसका सदस्यहरु रहेका छन् । नेपालको सन्दर्भमा डेढ शय हाराहारी रोटरी क्लबहरु र ५००० भन्दा बढि रोटरियनहरु रहेका छन् ।