कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री वितरण

शेषकान्त मरासिनी

कपिलबस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिकत एक कार्यक्रमका बीच १२८ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको हो ।

मेयर केशव कुमार श्रेष्ठले कृषि र कृषिजन्य उत्पादनमा वृद्धि गर्न नगरपालिकाले विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको भन्दै अब कृषि विमाका कार्यक्रम पनि आवश्यक रहेको बताए । उनले कृषकको लागी सहज वातावरणको सिर्जन गर्न नगरपालिका लागी रहेको बताए । उनले परम्परागत कृषिलाई त्यागेर कृषिलाई आधुनिकिरणतर्फ लैजानुपर्ने बताए ।

नगरपालिकाले ६५ वटा मिनी टिलर, २८ वटा पम्पसेट र ३५ वटा मोटर वितरण गरेको कृषि शाखा अधिकृत देवीराम बेल्बासेले भिजन न्युज नेपाललाई जानकारी दिए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिनि टिलर र ७० प्रतिशत अनुदानमा पम्पसेट र मोटर वितरण गरेको उनले जानकारी दिए ।