सितगङ्गा २ मा धान दिवस कार्यक्रम सम्पन्न

बिकास घिमिरे

काठमाडौं : सितगङ्गा नगरपालिका वडा न.२ मा धान दिवस कार्यक्रम सम्पन्न भएको छ । परम्परागत देखि चल्दै आएको असार १५ (धान दिवस) लाई मध्यनजर गरेर वडाका जनप्रतिनिधि सहित धान दिवस मनाएको हो ।

कार्यक्रममा सितगङ्गा नगरपालिका वडा न. २ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको अध्यक्षतामा, प्रमुख अतिथी शितगङ्गा नगरप्रमुख छबिलाल पौडेल,बिशिस्ट अतिथी,उप-प्रमुख गिता भाट,विशेष अतिथी,शितगङ्गा नगरपालिका प्रशासकिय अधिकृत झबिन्द्र खनाल,कृषि शाखा प्रमुख अनिल शर्मा,कृषि शाखाका नारायण भुषाल,घरेलु शाखाका प्रमुख,नगेन्द्र नेपाल,विभिन्न वाडका वडा अध्यक्ष, नेपालि काङ्रेस अर्घाखाँची जिल्ला सभापती केशब श्रेष्ठ,सचिब कृष्ण खनाल,कोषाध्यक्ष बिष्नु क्षेत्री,भुमी आयोगका अध्यक्ष यादब घिमिरे,प्रदेश प्रतिनिधी राजेन्द्र केसि,रास्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य माधब अधिकारी,नेकपा एमाले केन्द्रिय जिल्ला कमिटि सदस्य केशब बेल्बासे,नेकपा एमाले सितगङ्गा नगर सचिब ऋषि घिमिरे,विभिन्न पार्टिका प्रतिनिधी, इप्रका ठाडाका इन्चार्ज होम सुबेधी,रास्टिय बाणिज्य बैंक शाखा ठाडाका कार्यालय प्रमुख धुर्ब खनाल,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न वार्ड्का सचिब,कृषि शाखा ठाडाका कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भएको हो।