हेटौंडामा अन्र्तराष्ट्रिय लागु पदार्थ दुरुप्रयोग तथा अवैध ओसारपसार विरुद्ध कार्यक्रम

दीक्षान्स खड्का
मकवानपुर : हेटौंडामा लागु पदार्थ दुरुप्रयोग तथा अवैध ओसारपसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय , मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको संजाल सहितका विभिन्न मानव अधिकार तथा लागुऔषध सम्बन्धी विषयका सामाजिक संघसंस्थाहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

प्रभात फेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, बागमती प्रहरी कार्यालयमा प्रमुख जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी गण, मामाघर नेपाल, विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । हेटौंडा बजारको विभिन्न स्थानमा परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रभातफेरी कार्यक्रम समापन भएको थियो ।