अनेरास्ववियु मकवानपुरद्धारा हेटौडा उपमहानगर,मकवानपुर क्याम्पस र हेटौडा क्याम्पसको आयोजक कमिटिलाई पूर्णता

हेटौंडा : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले हेटौडा उपमहानगर कमिटी, मकवानपुर बहुमुखी क्याम्पस कमिटी र हेटौडा क्याम्पस कमिटीलाइ आज पूर्णता दिएको छ । नेकपा एमाले मकवानपुर जिल्ला पार्टी कार्यालयमा आज एक भेलाको आयोजना गर्दै उक्त कमिटीहरुलाइ पूर्णता दिएको हो ।

यस अघि उक्त कमिटीहरुमा संयोजक मात्र तोकिएको थियो भने आज हेटौडा उपमहानगर कमिटीको सह-संयोजक मा सागर गौतम चयन भएका छन भने मकवानपुर बहुमुखी क्यामपस कमिटी सचिबमा प्रसिध्द रेग्मी चयन भएका छन साथै हेटौडा क्याम्पस कमिटी सह-संयोजकमा दिपेश मिश्र छन् । साथै उक्त कमिटीहरुमा सदस्य समेत चयन गरेका छन् ।

भेलाको प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज इश्वर ढुंगाना, नेकपा एमाले जिल्ला सदस्य एवम् पार्टी अनेरास्ववियु सह इन्चार्ज शिवहरि दाहाल,केन्द्रिय सचिवालय सदस्य एवम् मकवानपुर इन्चार्ज किशन घिसिङ्ग,अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेल लगाएत अनेरास्ववियु नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

भेला पश्चात अनेरास्ववियु मकवानपुरको आयोजना तथा केन्द्रिय सर्कुलर अनुसार सिठी जुलुस निस्किएको थियो िहालै पेट्रोलियम पर्दार्थमा भएको मूल्य विरुद्ध अनेरास्ववियुले देश ब्यापी रुपमा आन्दोलन थालेको छ । आन्दोलनमा, सडक हामि ततौछौ मूल्य वृध्दि घटाउछौ, मूल्य वृध्दि फिर्ता गर, अर्थ मन्त्रि राजिनामा दे, नालायक सरकार होसियार, लगाएतका नारा लगाएका थिए ।