कविता- बटुवा र कोइली : राेमाकान्त न्याैपाने

मनोहर यो ऋतु वसन्त सम्झेर होली ।
मधुर वाणी बोल्दै आइपुगी फेरी कोइली ।
हरियो झुप्पा बनको किन झरझरायो ।
टाढा भई जाने यात्रुको मन लोभ्यायो।

कुहो कुहाे मीठो भाकामा बोलाउनेलाई ।
रमाउँथे जवाफ दिए तिमी मलाई ।
बोल्छौ एकोहोरो पार्दै ठूलो स्वर ।
उत्तर नदिने रिसाएकै तिमी होर ?

बोल्न मन छैन या लाज मानेर होकी ?
बसिदेउन हे कोइली एकछिन रोकी ।
कति चिच्याउन सक्ने तिम्रो कस्तो बानी ?
तिम्रै भाकामा बोल्छु म नजानी नजानी ।

एक्लो छ वृक्ष तिमी र म एक एक ।
मनभित्र खेल्छन चरी तर्कना अनेक ।
पुग्नु छ टाढा काट्नु छ बाटोलाई ।
यसरी एकल वृक्षमा किन भुलाएउ मलाई ?

बटुवा जब एक्लै बोल्दै थियो ।
थाहै नदिई रुख छोडी कोइली उडीदियो ।
गई पारी वनमा उडेर रुखमा बसी ।
लागि चिच्याउनै उ कम्मरै कसी ।

हेर्छ यता उता चरी देख्दैन कतै ।
लुकी चियाई होली भन्छ पातमा त्यतै ।
खोज्छ मनमनै बटुवा उठेर रुखमा हेर्दै ।
सुन्दछ पर वनमा कुहो कुहो बोलेको गर्दै ।

भन्छ आफै मेरो भाका नसुनी उडिछ वनमा ।
सम्झनै बाध्य पार्यो झलझली मनमा ।
छोडेर जाने मन रहेछ ,कति निष्ठुरी ।
लौ त म पनि लाग्छ घर तिर हे चरी ।

राेमाकान्त न्याैपाने
स्याङ्जा