

दैलेख : दैलेखको पुरानो बजारमा रहेको कोतगढीमा पाँच दशक पछि ऐतिहासिक सुन्दरी तोप पुनः स्थापना गरिएको छ ।
वि.स २०२८ साल अघिसम्म दैलेखको कोतगढीमा रहेको तोप २०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा जादा त्यहाँ सुरक्षा नहुने ठहर गरेर नेपाली सेनाको गणसगैँ सुर्खेत पुरर्याएको थियो ।
गत्त माघमा दैलेख ल्याइएको तोप गढीमा केहि मर्मत सम्भार गर्न पर्ने भएकाले केहि ढिला भएको हो ।
झन्डै ५१ वर्ष सुर्खेतमा रहेको सुन्दरी तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख पुर्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
कोतगढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकालाई दिएर हस्तान्तरण गरिएको नेपाली सेनाका उपरथी प्रेम शाहीले बताएका छन् । यस्ले गर्दा दैलेखको पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ भने सर्वसाधारणले सजिलै अवलोकन गर्न पाउनेछन ।
२०२८ सालमा दैलेखको ऐतिहासिक कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५१ वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।
तोपलाई पुनस्स्थापना गर्दा आज दैलेख बजारमा बाजा सहित विशेष र्यालीको आयोजना गरिएको थियो ।
तस्बिर : सामाजिक संजाल
