भक्तपुरमा टिप्परको ठक्करबाट दुईको मृत्यु, खुल्यो पहिचान

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । बिहिबार बा.८९ प ७८७६ नम्बरको मोटरसाईकल लाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा.४ख ५२९८ नम्बरको टिपरले ठक्कर दुईजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन गारु छन् । दुर्घटनापछि उपचारको क्रममा भक्तपुर अस्पतालमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

टिप्पर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।