मोरङ : जनप्रतिनिधिद्वारा कबिर माविलाई सिसि टिभि क्यामेरा हस्तान्तरण

मोरङ : मोरङको  बेलबारी नगरपालिका वडा नं २ का जनप्रतिनिधि दिपेन्द्र  लिम्बू (दीपक) ले साेही वडामा रहेकाे कबिर माविलाई सिसि टिभि क्यामरा उपलव्ध गराएका छन् ।

बुधवार एक कार्यक्रमबिच वडा सदस्य लिम्बूले तीन थान सिसि टिभी क्यामरा र त्यसमा लाग्ने तारसमेत उपलव्ध गराएका हुन् । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका लिम्बूले सुरक्षालाई मध्यनजर गर्दै आफूले विद्यालयलाई सिसिटिभि क्यामरा उपलव्ध गराएकाे बताए ।

प्रधानाध्यापक प्रेमकुमार कार्कीले सिसि टिभी क्यामराले विद्यालय तथा त्यहाँ अध्ययनरत बालबालिकाकाे सुरक्षामा सहयाेग पुग्ने बताए । साथै प्रधानाध्यापक कार्कीले मनकारी जनप्रतिनिधि लिम्बूलाई धन्यवादसमेत दिए ।