आज असार ९ गते बिहीबारको दैनिक राशिफल

मेष :दाजुभाईको कारण आर्थिक नोक्सानी हुनेछ । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् । शुभ अंक ४ रगं रातो, उत्तर दिशा शुभ रहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

वृष : आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी । शरीरमा आलस्य आउने छ । साहित्य लेखनमा मन जानसक्छ । बैदेशिक यात्रा हुनेछ । शुभ अंक ५ ,८ रगं पंहेलो । पुर्वदिशा शुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

मिथुन :अचल सम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी । मानसिक आनन्दको अनुभूति , ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ, शुभ अंक ७ रगं कालो । दक्षिण दिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ ।

कर्कट : आध्यान तथा अध्यापनमा रुची आउने छैन् । विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाट नै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ । शुभ अंक ३ रगं पियाजी पुर्वदिशा शुभ ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

सिंह : नयाँ कामको सुरुवात, अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ , शुभ अंक ५, सेतो रगं एवं पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

कन्या : भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन । सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोभ हुने छ । शुभ अंक ८, शुभ रगं कालो, दिशा पुर्व ॐ ह्रीं ॐ नमः मन्त्र जप तथा फलफुल भोजन गराउदा राम्रो हुनेछ ।

तुला : छातीमा समस्या तथा जग्गा जमिनमा लगानी, व्यापारमा घाटा , जागीरको अवसर मिल्नेछ । मनमा चोट पुग्ने कुराहरु सुन्नुपर्ने छ । शुभ अंक ९ शुभ रगं सेतो पश्चिम दिशा शुभ ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।

वृश्चिक : भै—झगडामा फस्ने , राजनितीमा खासै राम्रो हुनेछैन् । वैदेशिक यात्रा ,व्यवसायिक कुराकानी तथा योजनाको लागी भेटघाट, साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । शुभ अंक १, हल्का पंहेलो , दक्षिण दिशा शुभ रहेको छ । ॐ बाशुदेवाय नमः मन्त्र जप तथा तिल दान गर्दा राम्रो हुनेछ ।

धनु  : विशिष्टि व्यक्तिहरुको साथै देशबिदेशबाट पनि सहयोग प्राप्त हुनेछ । माया पिरतीका कुराहरु तथा, रमाइलो यात्रा हुने छ । मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनु होला । चिन्ता बढेर जान सक्छ । शुभ अंक ४ , रगं हरियो दक्षिण दिशा शुभ रहेको छ। ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।

मकर : इष्टमित्रको कचकचले काममा ढिला सुस्ती हुने छ । परिश्रम धेरै गर्नु पर्ने छ । सन्तान सुख तथा श्रीमान श्रीमति बिच मतभेद शारिरिक आलस्य तथा तनाबले सताउने छ। व्यवसायमा प्रगति । शुभअंक २ हरियो रगं । पुर्व दिशा शुभ ॐ परमेश्वराय नम : मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

कुम्भ : बौद्धिक कार्य गर्ने अवसर मिल्ने छ । सामाजिक, साँस्कृतिक क्षेत्रमा सहभगी हुनुपर्नेछ । एकअपसमा विश्वासले गरेको कामबाट आर्थिक सफलता मिल्नेछ । विदेश यात्रा तथा बिदेशी मुद्रा प्राप्त गर्ने अवसर मिल्ने छ । शुभ अंक ३ शुभ रगं मिश्रित शुभ दिशा उत्तर ॐ जटाधराय नम ः मन्त्र जप तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।

मीन : परिबार तथा दाम्पत्य जीवनमा तनाव । यात्रामा कठिनाइ आउने छ, धार्मिक स्थल तथा पुजापाठमा सहभागी भएमा प्रगति मिल्ने छ, सरकारी तथा सामाजिक कार्यबाट मान तथा सम्मान मिल्ने शुभ अंक १ हल्का रातो, पुर्व दिशा शुभ ॐ माधवाय नम : मन्त्र जप तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।