स्नातकोत्तर तहका विद्यार्थीले हिमाल आराेहण गरि उच्च स्थानमा अध्ययन : अनुसन्धान सम्बन्धि रेकर्ड कायम

काठमाडौं : स्नातकोत्तर तह (म्याट्स) का विद्यार्थीले हिमाल आराेहण गरि उच्च स्थानमा अध्ययन,अनुसन्धान सम्बन्धि रेकर्ड कायम गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे नेपाल माउन्टेन एकेडेमीमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको सम्बन्धनमा सञ्चालित मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) काे पहिलाे व्याचका विद्यार्थीहरूले तेस्रो सेमेस्टरमा समावेश ६ हजार मिटरकाे हिमालकाे एकेडेमिक फिल्ड रिसर्च अन्तर्गत मनाङ जिल्लामा रहेकाे चुलु हिमाल (६०३९ मी.) काे २०७९ असार ७ गते १६ जना विद्यार्थी, प्रशिक्षक, एकेडेमिक सुपरभाइजर सहित २१ जनाले एकैसाथ सफल आराेहण गरि किर्तिमान कायम गरेका छन् ।

विश्वविद्यालयबाट स्वीकृत पाठ्यक्रममा नै समावेश भई म्याट्सका विद्यार्थीहरू हिमाल आराेहण सहितकाे फिल्ड रिसर्चका लागि गत जेठ २९ गते यस तर्फ प्रस्थान गरेका थिए ।

यस आराेहण समूहमा २३ जना विद्यार्थी, एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराई, प्रमुख प्रशिक्षक माउन्टेन गाइड छिरिङ जाङबु शेर्पा, प्रशिक्षक माउन्टेन गाइड आशिष गुरूङ, एकेडेमिक सुपरभाइजर एवम् एक्पिडिसन डाक्टर वेराेज्ड माेगादशी छन् ।

क्लाइम्बिङ गाइडहरूमा फुर्वा ग्याल्जाङ शेर्पा, साङ्गे शेर्पा, हेड कुक शान्ती बहादुर गुरूङ, सहायक कुक निमा साङ्गे शेर्पा, लाक्पा तेन्जी शेर्पा र लाक्पा साेनाम शेर्पा छन् ।

क्लाइम्बिङ गाइडहरूले असार ६ गते हिमालमा बाटाे खाेली फिक्स राेप लगाएका थिए । असार ७ गते मंगलबार विहान १ वजे वेसक्याम्प ४८०० मि. बाट अन्तिम आराेहण (समिट पुस) सुरु भएकाे थियो । माउन्टेन गाइडहरू छिरिङ जाङबु शेर्पा र आशिष गुरूङले विद्यार्थीको समूहलाई नेतृत्व गर्दै चुचुरो तर्फ लागेका थिए ।

आराेहणका क्रममा प्रशिक्षकहरूले हिमाल आराेहण सम्बन्धि कला, सामाग्रीकाे प्रयाेग, हिउँ सम्बन्धि जानकारी,फिक्स राेपकाे प्रयाेग र टाँङने तरिका, हिउँ पहिराे, हिमालमा देखिने कृभास र यसबाट वच्ने तरिकाकाे जानकारी दिदै चुलु हिमाल आराेहण गराई फिल्ड अव्जरवेशन गराएका थिए । आराेहणका क्रममा विद्यार्थीहरूले तथ्यांक संकलन गरेका थिए ।

विश्वमै पहिलाे पटक हिमाल आराेहण सहितकाे फिल्ड रिसर्चकाे एक्पिडिसन मेनेजमेन्ट अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्पिडिसनले गरेकाे छ ।

विद्यार्थी सहितकाे आराेहण टिम यही असार १२ गते काठमाडौं आइपुग्ने एक्पिडिसन कम्पनीले जनाएकाे छ ।हिमाल पारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङ जिल्लामा कम वर्षा हुने हुँदा मनसुनकाे समयमा समेत हिमाल आराेहण सहितकाे पर्यटकीय गतिविधि गर्न सकिने याे एकेडेमिका आराेहणकाे सफलतावाट पुष्टि भएकाे छ ।