स्याङ्जामा अवैध उम्रिएका गाँजाका बोटहरु फाँडानी गरी नष्ट

राजनप्रसाद पौडेल

स्याङ्जा : अवैध उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अन्तर्गत स्याङ्जाको विभिन्न जिल्ला प्रहरी कार्यालयको मातहत युनिटबाट खटिएका प्रहरी टोलीद्वारा स्थानीयवासीहरुको समेत संलग्नतामा गाँजाका हरियो बोटहरु काटी नष्ट गरिएको । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

चापाकोट नगरपालिका ८ माडी गाउँबाट ४५ , वडा नम्बर ४ मल्याङकोटमा ७०,फेदिखोला गाउपालिका-१ चण्डी डाडामाबाट ९०, अर्जुनचौपारी गाउपालिका -४ धारा पानीमाबाट ७० र

आधिखोला गाउपालिका- ४ सेपतबाट ४४५ बोट गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त अभियान आगमी दिनहरुमा समेत निरन्तर सञ्चालन गरिने कुरा पनि प्रहरीले बताइएको छ ।