बिकाशकाे बाधक ब्याबस्था कि ब्याक्ति ? : भिम खनाल

प्रजातन्त्रले संसदिय शासन प्रणालीमा बहुमत अर्थात सङ्ख्यालाई महत्व दिन्छ प्रजातन्त्रमा बहुमतकै आधारमा मन्त्रि मण्डल गठन हुने गर्दछ । बहुमतकाे बलियाे आधारमा गठित मन्त्रि मण्डलले राज्यकाे हितमा गरिने प्रत्यक महत्वपुर्ण निर्णय या नीति निर्माणका लागि नागरिक काे प्रतिनिधि पात्र काे रुपमा चुनिएकाे संसद समूह उत्तर दायि हुनु पर्थ्याै ।

अर्थात मन्त्रि मण्डलकाे प्रत्यक निर्णयकाे उपयुक्ततालाई बहुमत सांसदहरुकाे आबस्यक पर्दछ यहि प्रजातान्त्रिक संसदिय ब्याबस्थामा महत्वपुर्ण बिषेशता थियाे याे पनि सत्य काे कि बहुमत कुनै पनि अबस्था या स्थितिमा ब्याक्तिवादी हुन सक्दैन यसकारण संसदिय ब्याबस्थामा यसकारण संसदिय ब्याबस्थामा मन्त्रि मण्डल टिकाइराख्नका लागि साशक हरु राज्यकाे सम्पुर्ण शक्ति बहुमत बचाइराख्न खर्च गरिरहनु परेका उदाहरण प्रसस्तै छन यसकारण संसदिय ब्याबस्थामा गठित मन्त्रि मण्डलद्वारा हुने प्रत्यक निर्णय या नीति सहि अथवा गलत क्रमस गाैण भएर जान्छन भने अर्काे तर्फ मन्त्रि मण्डल बचाई राख्न राज्यका खुफिया माफिया हरु सकृय लागिरहन्छन ।

अहिले यसै भन्न सकिने स्थिति रहेन हाम्राे देश ठ्याक्कै कुन युग देखि सङ्कट मा फसिरहेकाे छ बरु केही बर्ष देखि सङ्कट चर्कदै गएकाे भने महशुस गर्न सकिन्छ जसका कारण रास्ट्रिय अस्तित्व नै समाप्त हुने खतरा बडिरहेकाेछ । याे सर्व स्विकार्य तथ्य हाे यहाँ रास्ट्रिय सङ्कट भनेकाे मुख्यता रास्ट्रियता प्रतिकाे अभाब हाे यसै कारण देशि बिदेशि एजेन्ट हरु नेपाललाई अन्तरास्ट्रिय सडयन्त्रकाे अखडा बनाउन सफल भइसकेका छन ।

रास्ट्रिय एकता देशकाे सिमा भित्र रहने सम्पुर्ण नागरिक काे तह र तप्काबाट हुने अभियान र कार्यले स्थापित हुने बिषय हाे न कि कुनै दलिय सिद्दान्त र झण्डाले कदापि हुदैन यस्तै सामुहिक अभियानले जनताकाे भाबनात्मक एकताकाे सस्थागत आधार सम्म तयार पारिरहेकाे हुन्छ काेरा नाराले मात्र रास्ट्र र रास्ट्रियता बलियाे हुन्थ्याै भने विभिन्न समयमा भएका क्रान्ति र प्रतिक्रान्ति हरु आबस्यक ठानिदैनन यतिबेला देशकाे रास्ट्रिय एकता यसरी छिन्न भिन्न भईदिएकाे छ मानाै कुनै चमत्कार नभए पुन भाबनात्मक एकता असम्भब जस्ताे छ आज देशमा साम्प्रदायिकता ब्याक्तिवादी मनाेबृति र विदेश प्रति आमुख हुने प्रबृति व्यापक छ यस्ताे अबस्थामा पहिलाे हत्या रास्ट्रियताकाे हुनेछ ।

हामिले लामाे समय देखि मुलुकमा संसदिय ब्याबस्था तथा प्रजातान्त्रिक शासन प्रणालीकाे अभ्यास गर्दै आइरहेका छाै हुन त कुनै पनि मुलुककाे उन्नति या दुर्गतिमा शासन ब्याबस्था कारण ठान्नु केबल मुर्खता हाेला बिस्वका थुप्रै बिकशित मुलुक हरु मा भिन्न भिन्नै शासन ब्याबस्था छ । यद्दपि बिकाश र प्रगति काे बाटाेमा लम्किरहेका छन मध्यपुर्ण लगायत खाडीमा आज पनि हामी ले निरकुंश मानेर मिल्काइदिएकाे राजतन्त्र कायम छ जहा बिस्वकै उत्कृष्ठ अर्थ तन्त्र छ ।

विश्वका बिकशित मुलुक हरुकाे सुचिमा अग्रस्थान कायम गर्न सफल छ हामिले मुलुक परिपवर्तन र अग्रगामि बिकाश काे बाधक राजतन्त्र रहेकाे स्विकाराेक्ति गर्याै अनि जराेकिलाे समेत उखेलेर मिल्काईदियाै फलस्वरुप दशकाै बितिसक्दा समेत हामिले बिकाश काे कुनै गति समात्नै सकेनाै हामी बिगत भन्दा अझ पछाडि धकेलियाै हामी झन जर्जर अबस्थामा गुज्रिरहेका छाै राज्य काे बिकाश निर्माणमा अग्र स्थानकाे भुमिका खेल्ने युवा शक्ति दिनहु निलाे पासपाेर्ट बाेकेर विमान स्थलबाट बाहिरिरहेकाे छ ।

अरबमा डण्डा चलाउने देखि काेरियामा बुङ्गर चराउने पेशामा अधिकांश हामी गाेर्खे हरुकै बाहुल्यता भइसक्याै हाम्राे देशकाे शिक्षा नीति यति बिघ्न कमजाेर भयाे कि अस्ट्रेलिया र जापानका युनिभर्सिटि हरु नेपाली ले खचाखच भरिएका छन ।

यहि अबस्था कायम रहेमा अबकाे केही बर्षमा देशका २५% क्याम्पस हरु बन्द गर्नु पर्ने अबस्थाबाट ग्रसित हुनेछन यहाँ उल्लेख गर्न खाेजिएकाे प्रमुख बिषय के थियाे भने कुनै पनि मुलुककाे बिकाश र प्रगतिकाे बाधक सम्पुर्ण राज्य आफ्नै खप्पर माथि उभिएका देशका शासक हरुकाे साेच थियाे ब्याबस्था थिएन हाल मुलुकमा लागू भएकाे संशदिय ब्याबस्थाले माक्सबादी जिवाणुकाे उत्पत्ति र बिकाशमा महत्वपुर्ण भुमिका अबस्य खेल्याै फलस्वरुप संशदिय शासन ब्याबस्थामा गुण हरुकाे व्यापक प्रचार गरियाे ।

यद्दपि कमजाेरि माथि गहन अध्ययन गरिएन संसदिय ब्याबस्थाकाे व्यापक प्रचारकै कारण हामिले साहि शत्ता र शिद्दान्त बाट मुक्ति हुने धारणा प्रति बिस्वास राख्याै जनताकाे छाेराे शासक भन्ने नारा हरेक गुल्लिमा गुञ्जायाै यद्दपि जनताका छाेरा भनिएका शत्तामा फाल हाल्ने बित्तिकै हरु श्रि ३ काे पगरी गुथेर आफुलाई महान देशभक्त ठानिदिए यिनै नब उत्पत्ति भएका शासक हरु आज हामी लाई बडाे भार परिरहेकाे तथ्य प्रस्ट छ शंसदिय ब्याबस्थामा प्रजातन्त्रका श्रि ३ हरु समयकाे माग तथा आम नागरिक काे भावना बुझ्न सकेनन जसका कारण राज्य सञ्चालक हरु प्रति नागरिक काे बिस्वास क्रमस घट्दाे अबस्थामा गुज्रिरहेकाे छ भने बिगतकै राजसस्था प्रतिकाे आकर्षण ले पुन चरम रुप ग्रहण गरिरहेकाे छ ।

बास्तबमा राजसस्था बर्तमानमा व्याख्या गरिए अनुरुप अति खराब र अति सबल पक्ष दुबै थिएन यद्दपि आम नागरिक काे प्रतिनिधि पात्रकाे रुपमा चुनिएका दुखि पृथ्विका भाग्यमानि खप्पर हरु आम नागरिक र राज्य प्रतिकाे उत्तरदायित्वकाे भाबनाले बिकशित रुप लिन सकेनन  ।

बास्तबमा संशदिय ब्याबस्थामा प्रजातन्त्रले कुनै आपत्तिजनक कानुन या आदेशलाई बहुमत देखायर पारित या पालना गर भन्दैन ठिक बिपरित आपत्तिनक देखिएमा राेक्नका लागि निर्देशित गर्नु पर्थ्याै यद्दपि यहाँ ब्याबस्था नै राज्यकाे दलाली गर्ने थलाेकाे रुपमा परिणत भइसक्याै बास्तबमा संसदिय ब्याबस्था रचनात्मक कार्य द्वारा राज्यका लाेक कल्याणकारी याेजना हरुलाइ मुर्तरुप दिनु पर्ने उत्तम प्रणालीकाे अभ्यास हुनु पर्थ्याै आफ्नै राजनितिक या ब्याक्तिगत स्वार्थ्यका लागि कथित अपराधिक प्रबृतिका पात्रहरुकाे चाकडी र चाप्लुसि गर्नुपर्ने थलाे हुनु थिएन । संशदिय ब्याबस्थामा आज आफ्ना महत्वपुर्ण नीति र याेजनाहरुलाई पारित गराउन राज्यकाे सम्पुर्ण शक्ति खर्चनु पर्ने स्थितिकाे सृजना कहाबाट उत्पन्न भयाे ?

जनताकाे प्रतिनिधि पात्र बनेर मुलुककाे हित र रक्षाका लागि संसद भवन छिर्ने सभासदका लागि कमसेकम निस्चित याेग्यता र मापडण्ड निर्धारण गर्न सकिन्थ्याै भने कमसेकम केही हद सम्म बिबेकशिल बन्न सक्थ्याै । जनताका प्रतिनिधि पात्र हरु हद सम्म राज्य र नागरिक प्रति जवाफ देहि बन्न सक्थे । यद्दपि हाम्राे मुलुकमा प्रतिनिधि हरु कति सम्म लजास्पद छन भने कुनै राजनैतिक अबधारणा लाई मुल्याङ्कन गरि त्यसकाे महत्व पुष्टि गर्ने हैसियत सम्म राख्दैनन अधिकांश प्रतिनिधि सङ्ग याेग्यताकाे नाममा केबल ब्याक्तिगत स्वार्थ्य सत्ता शक्ति र अर्थकाे लालच छ याे देशमा कैयाै पटक प्रधानमन्त्रि र मन्त्रि हुनु छ ।
यद्दपि परिवर्तनकाे संबाहक बन्नु छैन प्रजातन्त्रमा संसदिय शासन ब्याबस्थाले ब्याक्तिवादी शक्तिलाई नकार्दै बिराेधि शक्ति हरुलाई बहुमतकाे अधिनमा कस्न सक्नु पर्थ्याै । स्वतन्त्र चिन्तन तथा तथ्यहरुकाे निष्पक्ष परिक्षण नगरि कुनै पनि बस्तु वा सस्थाकाे बास्तबिकता बुझ्न सकिँदैन ।

हामिले हाम्राे राज्य सञ्चालन प्रणाली पटक पटक परिक्षण गरिसकेका छाै यद्दपि प्रयाेग सालामा नतिजा सधै सुन्यतामा अडिग छ प्रजातन्त्रले बहु चर्चित परिभाषा गरेकाे संसदिय शासन ब्याबस्थामा विभिन्न स्वार्थ्यकाे पहाड बाेकेर आ-आफ्नाे समर्थनमा बहुमत जुटाउन सक्ने सत्तामा लागि देशि बिदेशि शक्ति सङ्ग बार्गेनिङ गर्न सक्ने राज्यकाे शक्तिर अर्थकाे अधिक प्रयाेग द्वारा भिड सधै आफ्नाे पक्षमा बनाईराख्न सक्ने चतुर शासक नै याे देशकाे शक्ति सम्पन्न सफल शासक ठहरिने गर्दा राजनैतिक नेत्त्रुत्व र सत्ताका लागि याेग्य र सफल ब्याक्तिहरु राजनैतिक बृतमा सधै पर्दा पछाडि रहन्छन । किनकी राजनितिमा सधै धुर्त र बदनियत पुर्ण चलाखि लाई सधै महत्व दिईयाे यसर्थ बर्तमानमा राजनैतिक धुर्तता यस्ताे चरम शिमामा गुज्रिरहेकाे छ जहाँ नागरिक काे अपेक्षा र समयकाे माग लत्यायर आफ्नो ब्याक्तिगत स्वार्थ्य अनुरुप अनेक हथकण्डा अपनाईन्छ।

बास्तबमा प्रजातन्त्रमा संसदिय ब्याबस्थाकाे उदेस्य धुर्त ,पाखण्डि ,माफिया ,घुसखाेरी ,देशद्राेहि हरुलाई भेला जम्मा गरि राजनैतिक आदर्श र मूल्य मान्यताकाे हवन गर्नु थिएन । देश र जनताका लागि भनेर पटक पटक चुनिएका खप्पर हरु ब्याबाहारिक पक्षमा देशकाे उत्तर दायित्व बहन गर्न पटक पटक असफल भईदिए प्रतिनिधिहरुकाे मुख्य प्राथामिकता देश र नागरिक परेनन । सिद्दान्तबादका खाेक्रा आदर्श रटान लगायर देशका नागरिक काे मगज एक प्याक भाेड्का काे दाउमा घुट्काएपछि खेल खत्तम ? प्रजातान्त्रिक संसदिय ब्याबस्थामा कुनै पनि सिद्दान्तबादकाे उत्कृस्ठताले तवसम्म महत्व राख्दैन । जब त्याे देशका सम्पुर्ण क्षेत्रफल भित्र बसाेबास गर्ने नागरिककाे स्वीकृत बिना कुनै पनि ब्याबाहारिक दर्शन शास्त्र अध्ययन गर्न सक्दैन यसकै फलस्वरुप उतकृष्ठ सिद्दान्तबाद भनिएकाे दुई तिहाइ काे सत्ता केही समय अगाडी उछिट्टिएकाे उदाहरण ताजा जस्तै छ अर्काे तर्फ उत्तरदायित्व स्वतहस्फुर्त उत्पन्न हुने भावना थियाे यद्दपि यहाँ सत्ता र भत्ताका लागि पानी जहाज चलाएकाे देखि घरघरमा ग्यास पाइप लाईन चलाएकाे घाेषणा गर्ने आधुनिक श्रि ३ हरु कुन ग्रहमा बनाईदिए अत्ताेपत्ताे छैन ।

बर्तमानमा जनताकाे नेत्त्रुत्व गरेर जाने शासक बर्गहरु उत्तेजनात्मक तथा आक्रमक भाषणका शिवाय केही दिन सकेनन ।देशकाे अबस्था या स्थिति जस्ताे सुकै जटिल अबस्थामा गुज्रियाेस सिंहदरवारले राज्यकाे दुर दराज तर्फ ईसारा गर्दै आफ्नाे माेजमस्तिका लागि सुबिधा बृद्दि गर्न पटक्कै छाडेन फलस्वरुप दशक भित्रै चप्पल पड्काउदै शत्तामा हाम फालेका हरु यसियाकै उच्च पुजिपति बर्गमा नाम दर्ज गराउन सफल भएका छन । जनताका लागि क्रान्ति गरेकाे भ्रम छर्ने हरु आज जनताबाटै असुरक्षित महशुस गर्दै सयाै सुरक्षा कर्मिकाे बिचमा घेरिएका छन । यसर्थ संसदिय ब्याबस्था दुर्वल पक्षहरुकाे गहन अध्ययन तथा बिष्लेषण गरि आम नारिक समक्ष प्रस्तुत हुन ढिला भएन ?????

भिम खनाल