

-उमा भण्डारी
दाङ :कोरोना कहरका कारण अपठेरोका परेका श्रमिक र विद्यार्थीहरुका लागि दाङमा ‘भोक निवारण अभियान’ सञ्चालन गरिएको छ । तुलसीपुरमा युवा नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष अरुण लहरेको अगुवाईमा यहाँका युवाहरुले यो अभियान चलाएका हुन । बास्तविक श्रमिक जो कोरोनाकै कारण विचलनमा छन । त्यस्ता र विद्यार्थीहरुको भोक टार्नलाई अभियान थालिएको हो ।
दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र विद्यार्थीको सहयोगार्थ अभियान सञ्चालन गरि सहयोग गर्न सुरु गरिएको अभियान्ता अरुण लहरेले बताए । शुक्रबार देखि थालिएको अभियानमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका ७, गणेशपुर निवासी बसन्त विकको परिवार र तुलसीपुरका एक विद्यार्थीलाई खााद्यन्न सहयोग गरिएको छ । विकको परिवारमा केहिदिन अघि कोरोना संक्रमणका कारण एक जनाको निधन भएको थियो । उनको परिवारलाई दाल, चामल, नुन तेल लगाएका खाद्य सामाग्री प्रदान गरिएको अभियानका संयोजक तथा अभियान्ता लहरेले जानकारी दिए ।
त्यस्तै सल्यान स्थायी घर भई हाल राप्ती बबई क्याम्पस तुलसीपुर, कक्षा १२ मा अध्यनरत गणेश केसीलाई २ हजार ३ सय ५५ रुपैंया बराबरको दाल, चामल, नुन, तेल राहत प्रदान गरेको छ । अभियानका सहयोग जुट्नेक्रम जारी रहेको छ । हालसम्म्मा ३१ हजार सातसय ८२ रुपैया संकलन भएको संकलित रकम श्रमिकको पहिचालन गरेर सहयोग गर्ने काम सुरु भइसकेको अहरेले जानकारी दिए । कोरोना कहरका कारण भएको लकडाउनले दैनिक काम गरेर खाने श्रमिकहरु पूर्णरुपमा प्रभावित भएका छन । दैनिक काम गरेर साझ विहान हातमुख जोडने श्रमिकहरुको अहिले चुलो बल्न बन्द हुन थाले पछि यो अभियानले त्यस्ता श्रमिकलाई राहात हुने अभियान्ताहरुको तर्क छ ।
