बुटवल उपमहानगरपालिका उप प्रमुख द्वारा फाइबर झोला बनाउने मेसिन हस्तान्तरण

बुटवल : देशकै बिकाशीत र आर्थिक केन्द्रले परिचित रुपन्देही जिल्ला अन्तर्गत बुटवल उपमहानगरपालिका अहिले को चचित र जनता लोकप्रिय उपप्रमुख सावित्रा अर्यालले एक कार्यक्रमबीच बुटवलको देविनगरमा फाइबर झोला बनाउने मेसिन हस्तान्तरण गरेकी छन्  ।

बुटवल उपमहानगरपालिका अन्तगत गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत पाँच दिने फाइबरको झोला बनाउने तालिम बुटवल ११ देबिनगरमा भएको थियोे ।

महिला सशक्तिकरण र महिलाहरु पनि उद्यम तर्फ जोड्न र महिलाहरुलाई पनि उद्यमी बनाउन उद्यमी महिला आय स्तरमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन र स्वदेशमै स्वरोजगार सिर्जना गर्ने मुख्य उद्देश्य लागी मेसिन हस्तान्तरण गरिएको हो ।

प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै बुटवल उपमहानगर भर यो अभियानले सार्थकता पाउँछ”“बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।” घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् ।

“अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला बनाउने मेसिन वितरण गरेको छ ।

“तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”,।एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले बताइन ।

उनिले सबै लाई पलाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न आग्रह गरिएकि थिइन ।कार्यक्रम मा बुटवल उपमहानगरपालिका अनुगमन तथा वातावरण महाशाखा प्रमुख भुवा प्रसाद लुइँटेल ,अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेल ,उद्योग वाणिज्य शाखा बाट शुस्मा सुश्मा बस्याल को उपस्थित रहेको थियो ।।