कविता -धर्ती र मेघ : विमलेन्द्र मिश्र

 

वक्षस्थलमा जादू पलाएकी
यौवनले भरिपूर्ण धर्ती
तिमीलाई देख्दा
कसलाई आनन्द आउँदैन र ?

तिमीलाई यो रुपमा ल्याउने र
तिमी खारिएकी वखत
तृप्त तुल्याउने
मेघ नै त हो ।

तिमी सृष्टि हौ
तिम्रा सृजनाका मनोहर बनावट
हेरेर मात्र हैन
हेरेर, पिएर र खाएर
कहिल्यै नअधाईने ।

प्रातः तिमीलाई रविले लाली चढाउँछ
दिवा तिमीलाई मस्त सूर्यले गर्माउँछ
सन्ध्या तिमीलाई शीतलता दिलाउँछे
रात्री तिमीलाई ताराको घुम्टी ओढाउँछे ।

तिमी सँधै सृष्टिकी रानी
तिम्रो रुपको चमकमा
प्रातः, दिवा, सन्ध्या र रात्रीकालमा
मनुष्य हेरेको हे¥यै, लोभिएको लोभियै ।

धर्ती तिमी स्त्रीको रुप
तिमी तिर्खाएको वखत
मेघ आकाशवाट
पुरुषोत्त देखाउँदै वर्षा भएर झर्छ ।

तिमी उसलाई गर्भमा राख्छ्यौ
माया गरेर कता कता
अनि फेरि,
तताउदै वाप्ष बनाई
गगनमा पठाउछ्यौ ।

तिमीसँग बिताएका पल पल सम्झदै
ऊ वर्षा भएर अङ्ग अङ्ग भिजाउन
तृप्ति र आनन्द दिलाउन
वारंवार आउछ तिमीलाई भेट्न ।

यौवनको मात हटाउन मात्र हैन
संयम र नियममा रहन पनि
तिमीलाई ऊ र उसलाई तिमी चाहिन्छ ।
धर्ती तृप्त हुन मेघ पोखिनु पर्दछ
मेघलाई पोखिन धर्ती चाहिन्छ ।

mishra.bimalendra@gmail.com