सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।

कलेजका शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थीको आरोप छ । शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।