देश कता जादै छ ? : कृष्ण बहादुर कुमाल

 

हामी नेपाली गर्भका साथ भन्छौ कसैको उपनिवेश नभएको देश। तर आज यो देश कहाँ बाट चलेको छ? कसरी चलिरहेको छ? कुन दिशा तिर देश गैरहेको छ? हामी सोझा साझा नेपालीले सोचिरहेका छौ राम्रै भएको छ ।

यही भन्दै हामी सरकारले गरेको निर्णय प्रति मुख दर्शक भएर , लाचार भएर बसिरहेका छौ।कुरा आउछ एमसीसीको हामी न बिरोध गर्न सक्यौ न त समर्थन गर्न सक्यौ। हो हामी कोहि न कोहि एउटा पार्टीमा आबद्ध छौ। यो देशमा पार्टी पनि यति धेरै छ कि जनतालाई चाहिने भन्दा बढी, हामी त्यही १ कुनै पार्टीको कार्यकर्ता नेता छौ।

तसर्थ हामी मुख दर्शक भएर बसेका छौ। बिरोध गरौ पार्टीको निर्देशन छैन , कसैको पार्टी सरकारमा छ। तर हरेक नेपाली लाई के लागिरहेको छ भनि यो एमसीसी ले हाम्रो देशलाई कतै युक्रेन,अफगानिस्तान त बनाउदैन भन्ने सबै नेपाली नागरिकलाई लागी परेको छ। त्यसैको फलस्वरूप अहिले देशको राजधानी लगाएत ठुला सहरहरुमा स्वतन्त्र उमेदवारहरुले जितेको हामीले देखेका र सुनेका छौ। यो देशमा भएको अरबौ पर्ने युरेनियम हामी अनुसन्धान गर्न, उत्खनन गर्न र चिन्न सक्दैनौ , ति सम्पुर्ण तत्वहरु हाम्रो देशमा हुँदा पनि हामी केहि गर्न सक्दैनौ ।

हामी भन्छौ नि “कस्तुरीको बिना अमुल्य हुन्छ तर कस्तुरीलाई थाहा नै हुदैन” त्यस्तै हाम्रो देशमा अरबौ पर्ने युरेनियम हुँदा पनि हामी केहि गर्न सक्दैनौ हामी मात्र मुख दर्शक भएर हेर्न मात्र सक्छौ। हामी आवाज उठाउन सक्दैनौ हामीलाई पार्टीले रोक्छ।

हाम्रो देश एस्तो स्थितिमा छ जहाँ भारत देश (दक्षिणपन्थी) सिमा छ अर्को तर्फ चिन देश (बामपंथी) भएको देशहरु छ । अनि अर्को कुरा इन्डियाले अमेरिकालाई सहयोग गर्दछ भने यता चिन अमेरिका र इन्डिया जस्ता देशको विपक्षमा हुन्छ तसर्थ हामी अहिले सम्यमता र बुद्धिमताले देशलाई आगामी दिनमा बिकसित देश बनाउन तिर लाग्नु पर्दछ। हाम्रो देशमा भएका नेतागणहरुले त्यो कुरालाई मध्येनजर गरेर मात्र सहि कदम चाल्नु पर्दछ।

भनिन्छ नि एक कदम अगाडि चाल्दा भबिस्यमा यो कदमले देशलाई नै संकटमा र युक्रेन हुन बाट बचाउनको लागी उपयुुक्त छ भन्ने कुरालाई गहनरुपमा ध्यान दिएर अगाडि बढाउनु पर्दछ। हाम्रो देश राम्रो बनाउन पहिलो कुरा देशमा भएका सरकारी कर्मचारी, राजनीति गर्ने नेतागणहरु र संचारकर्मिहरु र यो देशका सम्पुर्ण नागरिकहरु लोभलालच र भ्रष्टाचार बाट मुक्त गराउनु पर्दछ,तब मात्र देश परिवर्तन गर्न संभव छ।

एमसीसी र नेपालको नक्साले गर्दा एसियाको सबै भन्दा ठुलो दल नै टुक्राटुक्रा भयो भारत र अमेरिकी सहयोगमा र सरकार परिवर्तन पनि भयो बिश्वमै कहि नभएको नेपालमा सर्बोच्च अदालतले सरकार बनाइदियो। जनताले त ५ बर्ष सत्ता चलाउन दिएकै थिए तर लोभलालचले, घमण्ड, अहंकारले गर्दा जनताले चाहे जस्तो हुन नसकेर जनताको मनमा नैरस्यता पलाएर छ।

अब आउ गाठि कुरोतिर हाम्रो देशमा एमसीसी पास भैसक्यो। र एसपिपि भन्दै छ। एमसीसी पास गर्नु भन्दा अगाडि नेपालको अर्थतन्त्र कस्तो थियो र पास गरेपछि कस्तो भयो यो जनताले बुझ्नुपेर्ने मुख्य कुरा। अर्को कुरा अमेरिकी सैनिक नेपालमा आउनु भनेको चिन सङ्ग युद्धको संकेत गर्नु मुख्य कुरा हो ।

हो चिन सङ्ग हाम्रो राम्रो सम्बन्ध छ तर चिनको सबै कुरालाई मध्येनजर गर्नि हो भनी चिन र अमेरिकाको द्वन्द हरेक कुरामा छ त्यो देख्दा देख्दै हाम्रो देशका नेताहरुले आफ्नो स्वार्थको लागी एमसीसी पास गरे र एसपिपि भन्दै छन। तसर्थ हामी देशलाई युक्रेन हुनबाट बचाउनि भनि एसपिपि र एमसीसी ल्याउन दिनु हुदैन भन्छु मैले मेरो कोरा दिमागले ।

होइन भने देश एमसीसी पास गरेर एउटा खुट्टा दलदलमा फसि सकिएको छ। यसबाट बाहिर निस्कन र देशलाई युक्रेन हुन बाट जोगाउन आम जनसमुदायमा अपिल गर्नु पर्दछ।
होइन भनि हाम्रो देश दलदलमा फसिसकेको छ हामी अझै सचेत भएनौ भने मैले हाम्रो देश युक्रेन हुनबाट बच्दैन।

(कुमाल राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कार्यालय सदस्य हुन् )