

काठमाडौं : आज मंगलबार रौतहटमा नेपाली वेब सिरिज ‘आरती’को शुभमुहुर्त गरिएको छ । रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको सिरिज आरतीमा आशिष दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहनेछ भने नितेश घतानको छाँयाकन रहनुका साथै हिक्मत शर्माको लेखन रहेको छ ।
यसमा अधिकांश नयाँ कलाकार राज पौडेल, गीता श्री, नूतन, निशा गिरी, हरि कंडेल, खेमराज कोइराला, को अभिनय रहनुका साथै भोजपुरी कलाकारको पनि अभिनय रहनेछ ।
निर्देशक दास भन्छन् – वर्तमान समय अनुसार मेल खाने विषयवस्तुमा बन्न लागेको यो सिरज सायदै पहिलोपटक होला ।
