सुनकोशी गाउँपालिका तीन नम्बर वडाद्धारा स्थानियलाई मास्क वितरण

 

संगीता पहरी
सिन्धुपाल्चोक :कोभिड १९का कारण विश्व नै सुस्त बनेको छ ,भने नेपालमा पनि कोरोनाले उग्र रुप लिएको छ ।यसैलाई मध्यनजर गरी सिन्धुपाल्चोेकको सुनकोशी गाउँपालिका वडा अध्यक्ष श्रवण कुमार जिसीको निर्देशनमा समाजसेबी प्रकाश न्यौपानेद्धारा वडा ३ मा ५०० थान माक्स बितरण गरिएको छ।मास्क हस्तान्त्ररण गर्ने क्रममा तीन नम्बर वडाका वडा अध्यक्ष जिसिले जस्तोसुकै बिपत्ति आई परे पनि जनताको साथ कहिल्यै नछाड्ने बताएका छन ।
त्यसैगरि उनले अहिलेको अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनतको साथमा रहेको र सधैं जनताको सेवामा आफु तल्लीन रहेने बताए ।