सुरेन्द्र महर्जन अमरको ‘आकाश छुने सपना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको ”आकाश छुने सपना देखेँ कल्पनामा उडेँ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानलमाबाट सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा नायक यश राज गराज र शांक्षी लम्सालको बेजोड अभिनय रहेको छ ।

रोशन कुमारको निर्देशनमा तयार भएको उक्त भिडियोको संगीत / एरेन्ज पावल चाम्लिङ राईको रहेको छ भने क्यामरामा मुकेश हुमागाई र इडिट विनोद बमको रहेको छ ।

दर्शक स्रोता एवं गीत, संगीत प्रेमी सबैलाई सार्वजनिक भिडियोले आनन्दको अनुभुति दिने र एकै छिन भए पनि दु:ख पीरबाट टाढा दिने कुरामा भिडियो निर्देशक रोशन कुमारको भनाइ रहेको छ ।