

निराज रानाभाट
काठमाडौं : महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजित ` साइन्स अफ सेल्स् ´ शनिबार सम्पन्न भएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजित ` साइन्स अफ सेल्स् ´ कार्यक्रम काठमाडौं महानगरपालिका – ७ , मित्रपार्क ( चाबहिल ) काे गोल्डेन लाईट पार्टी प्यालेसमा असार ४ गते , शनिबार , सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षमा सिइओ रमेशकुमार भट्टराई रहेका थिए भने अतिथिहरुमा डिसिइओ कमल पन्थी , रामेश्वर श्रेष्ठ , सपना खरेल लगायत विभिन्न ठाउँको शाखा कार्यालयको शाखा प्रमुख साथै विभिन्न जिल्लाबाट आबद्ध भएका व्यक्तिहरु उपस्थित भएका थिए । कार्यक्रम संचालककाे रूपमा रामप्रसाद भुसाल रहेका थिए ।
सिइओ रमेशकुमार भट्टराई लगायतले पानसमा बत्ति बालेर र सबैजनाले राष्ट्रिय गीत गएर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा रामेश्वर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राजा बाबु शाहले ( एनएलपी कोच, लाइफ कोच, सेल्स इन्फ्लुएन्सर) दिउँसो १२:१५ बजेदेखि दिउँसो ३ बजेसम्म मोटिभेसनल इसपीज दिएका थिए ।
कार्यक्रम वाग्मती प्रदेशमा पर्ने विभिन्न जिल्लाबाट गरि लगभग ३ सय ५० भन्दा बढी सहभागी भएका थिए । कार्यक्रम बिहान ११:५० बजेदेखि शुरु भएर दिउँसो ३:३० बजे सम्पन्न भएको हो ।
कार्यक्रमको सप्पन्न कमल पन्थीले गरेका थिए ।
