

नियती पाँच बर्षकी थिइन तर मानसिक रुपले अपाङ्ग नियतीकी आमा बितीन र उनी नाजायज बच्ची थिइन । नियतीकी आमाले उन्को बुवालाई आफू बित्नु भन्दा अगाडी छोरी लिएर जानु भनेर खबर छोडेकी रहिछन । नियतीको बुवाले उनलाई घरमा लिएर आए घरमा उनका श्रीमति र छोरा थिए । तर घरमा उनले साथिको छोरी भने ।
प्रकृतिको नियम पनि कस्तो मानसिक रुपमा अपाङ्ग हुन । त्यो बच्चीको के दोष नियती अर्काको कुरा नसुन्ने, बोल्ने, लेख्ने सबै आफ्नै सुरमा । नियतीको बुवालाई धेरै गाह्रो भईरहेको थियो । नियतीलाइ स्कुल हाल्न पनि गाह्रो भइरहेको थियो नियतीको बुवा मध्यम वर्गीय । अफिस पनि जान पर्ने, घरमा श्रीमती छोरा घरव्यबहार सम्हाल्न गाह्र्र्रो भईरहेको थियो । त्यही पनि उनले हिम्मत हारेनन् छोरीलाई संगै लाने संगै लग्दा बसमा होस या बाटोमा पिसाब फेर्थिन । बिचरा त्यो बच्चीलाई के थाहा बाटोमा समाजमा मानिसले घृणाको दृष्टीले हेर्थे त्यो अवोध बच्चीलाई ।
त्यस्तो घटना हरेक मान्छेको घरमा आउन सक्छ तर नियतीको बुवा घर समाज सबै सँग लड्दै त्यो बच्चीको उपचार कसरी हुन्छ त्यही सोचेर ठाँउ ठाँउमा बुझि पनि रहेका थिए । एकदिन उनी डाक्टरकोमा गए त्यहाँ नियती जस्तै अरु बच्चा पनि रहेछन र बिस्तारै उपचारले ठीक पनि हुँदारहेछन । तर उपचार अति महङ्गो तर पनि उनको बुवाले दृढ निश्चय गरे मेरी छोरीको उपचार जसरी भए पनि गर्छु । उता घरमा उनको श्रीमतीले थाहा पाइन कि नियती आफ्नै श्रीमानको छोरी हो भनेर । घरमा तनाव को बातावरण थियो तैपनि के गर्ने यसमा नियतीको के दोष ? घरमा आर्थिक, मानसिक सबैतिरबाट तनाव त्यही माथि अर्को समस्या नियतिको सौतेनि आमा दुई जीउकी भइन । उनलाई अब अर्को बच्चा नियती जस्तै जन्मिने हो की भनेर डर लागि रहेको थियो उनी पनि डाक्टरकोमा गईन । उनको छोरा त स्वस्थ्य थिए तैपनि एउटा डर मानसिक रुपले अपाङ्ग बच्चा एकोहोरो हुन्छन । तर उनीहरु बुद्धिमान पनि हुन्छन जस्तै हिसाब गर्न अरु एक्स्ट्रा कृयाकलापमा ठूलो मान्छेमा भन्दा बढी तेज हुन्छ त्यस्तोे बच्चाहरुलाई समाजले घृणा गर्न भन्दा साथ दिनुपर्छ ।
नियतीको फुपूको बिवाह हुनेवाला थियो उनलाइ पिर पर्न थाल्यो । उनको घरपटीको मान्छेले के भन्लान नियतीको फुपूको हुनेवाला श्रीमान आफ्नै दाइको साथि थिए । उनी चाँही हरपल साथ दिइरहेका थिए तर घरको आफ्नै फुपूलाई समस्या थियो । उनी समाजको अगाडी आफ्नो दाईको नाजायज छोरी भनेर भन्न चाहन्न थिईन । एकदिन फुपू र छिमेकी मिलेर नियतीलाई झारफुक गर्ने ठाँउमा लिएर गए । नियतीको बुवा घरमा आए छोरीलाई नदेख्नासाथ उनले श्रीमतीलाइ सोधे खोई नियती भनेर । उनले भनिन फुपूले झारफुक गर्न लगीन उनले रिसाएर बैनीलाइ फोन गरे नियतीलाइ छिटै लिएर आउ । उनले दाजुको डरले लिएर आइन नियतीको बुवा चिन्तामा थिए घरपरिवार बैनीको बिवाह, त्यैहि माथि नियतीको कारणले अफिस बाट पनि बेला बेलामा छुटी लिएर आउन पथ्र्यो ।
डाक्टरको फी महङ्गो थियो समाज मा कोही मान्छे राम्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रा हुन्छन कोही नराम्रा । उनले साथिसँग पैसा सापटि माँगे कसैले सहयोग गर्छु भने उनले साथिलाइ नियति को बारेमा सत्य कुरा भन्न सकेनन । किनभने नियती नाजायज छोरी कसलाई भन्ने आफ्नो ईज्जत र त्यो बच्चीको बारेमा पनि सोच्नुपर्ने उसै त नियती लाइ राम्रो नजरले हेर्दैन थिए । बिरामी भनेर त्यै माथि नाजायज भन्यो भने अर्कै दृष्टीले हेर्ने । पछी नियतीको भाई र कान्छी आमाले उनलाइ माया गर्न थालीन आखीर त्यो बच्चीको के दोष उनी आफ्नै श्रीमानसंग चित दुखाइ रहेकी थिइन । उनको नजरमा उनको श्रीमानले विश्वासघात गरेका थिए ।
संगै बस्दा एउटा पालेको जनवारको त माया लाग्छ भने उ त बिचरी बच्ची ठीस लाग्दी । नियतीको बुवाले हीम्मत हारेको भए समाजको प्र्र्र्र्र्र्रभाव पारेको भए आज ती बच्चीको हालत के हन्थ्यो ? उनी दिन रात एक गरेर कसैको वास्ता नगरेर उन्को उपचार गराउन लागी रहेका थिए । उनलाई आशा थियो उनकी छोरी एक दिन ठीक हुन्छिन र समाजमा अरुजस्तै जिवन बिताउछिन । अहिले नियति सानी छिन भविष्यमा ठूली हुन्छिन ।
बुवाले समाजको घृणित नजरबाट कसरी बचाउने छोरीलाई त्यसै त स्वस्थ्य केटीहरुलाइ समाजमा बचाउन गाह्रो हुन्छ भने उनी त अज्ञान अवोध बच्ची । बुवा आफ्नो छोरीको लागी जीउ ज्यान लगाएर उपचार गराई रहेका थिए । एकदिन मेरी छोरी पनि अरु जस्तै पढी लेखी समाजमा आफ्नो स्थान बनाउन नाउँ कमाउन सफल हुन्छिन भन्ने कामना गर्दै बुवाको कर्तव्य पालन गरिरहेका थिए ।
सरस्वति गिरि
