निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश

 जनकपुरधाम : उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ ।

न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ ।

निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ । २१ दिनभित्र आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुने उनले बताए ।

श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाले बताउँदै आएकी छन् । सोही करणी पछि आफ्नो गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ ।

दोषीलाई कारवाहीको माग गर्दै निहारिहका आफ्ना २१ महिने छोरासहित पछिल्लो एक साता यता काठमाडौंमा अनसन बसिरहेकी छन् ।