एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

काठमाडौं : नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो । एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ ।