नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शिवराज खनालमाथी भएको दुव्र्यवहारप्रति ,महासंघको ध्यानाकर्षण

दाङ :दाङको दालमही नगरपालिका– ५ बगैचा रोड लमहीमा जेठ ८ गते नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शिवराज खनालमाथी भएको दु व्र्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देउखुरी उपत्यका कृषीमा निर्भर रहेको र धान रोपाई गर्नकालागी उन्नत जातको धानको बीउ खोजी गर्दै एग्रोभेटमा पुगेका किसानहरुलाई हाईब्रिड धानको नाममा झुक्याएर अन्य धानको बिउ बिक्री गरेको विषयमा समाचार लेखेकै कारण खनाललाई शनिवार विहान लमहीमा रहेको दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक एवं लमही नगरपालिकाका पशु उपशाखा प्रमुख शिवराज न्यौपानेले अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । किसानहरुलाई झुक्याएर धानको बिउ विक्री गरेको विषयमा किसानहरुबाट गुनासो आएपछि दाङका विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रशारण, प्रकाशन भएको थियो ।
रेडियो देउखुरीका स्टेशन म्यानेजर समेत रहेका खनाल शनिवार विहान रेडियोमा जाने क्रममा रेडियोको नजिकै एग्रोभेट सञ्चालक एवं लमही नगरपालिका पशु उपशाखा प्रमुख समेत रहेका न्यौपानेले पत्रकारको लाईसेन्स माग्दै अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका थिए । समाचारमा चित्त नबुझे खण्डन गर्ने एवं विभिन्न अन्य माध्यम हुँदाहुँदै पनि कार्यसमिति सदस्य शिवराज खनालमाथी भएको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ दाङ शाखा भत्र्सना गरेको छ। । साथै महासंघले खनालमाथी दुव्र्यवहार गर्ने न्यौपानेलाई कारबाहीकोलागी सम्बन्धित निकायसँग माग गरेको छ।
प्रेस विज्ञप्ती