राप्रपा लमजुङले विभिन्न विषयमा १७ बुँदे माग सहित ज्ञापन पत्र बुझायो

सविना प्रजा
लमजुङ : राप्रपा लमजुङले सरोकार र पार्टीको एजेण्डाका   विभिन्न विषयमा १७ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । राप्रपा पार्टीले विश्वव्यापी कार्यक्रम  अन्तर्गत आज प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानकर्षण गराएको छ ।

राप्रपा लमजुङको अध्यक्ष हरि प्रसाद रेग्मी सहितको टोलीले आज लमजुङको प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य मार्फत प्रधानमन्त्रि शेर बहादुर देवालाई ध्यानकर्षण पत्र बुझाएको छ ।

राप्रपाले महँगि, भ्रष्टचार नियन्त्रण, हिन्दुराष्ट्र, राजसंस्थाको पुर्नस्थापना, संघियताको खारेजको माग गदै प्रमुख जिल्ला अधिकारी प्रधानमन्त्रि देवालाई ज्ञापन पत्र बुझाएको राप्रपाले जनजिविकाका विविध विषय समेटिएको १९ वटा मागका बारेमा सरकारको ध्यानकर्षण गराएको राप्रपा लमजुङका अध्यक्ष हरि प्रसाद रेग्मीले बताए  ।

अन्याय, अत्याचार, उच्च मुल्यवृद्धि, भ्रष्टचार, रासायिन मल अभाव लगायत विषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत उनले बताएका छन्  । यस्तै राप्रपाले खेतीपातिको समयमा नै किसानलाई मल र बिउ उपलब्ध गराउन माग गरेको छ । राप्रपा लमजुङले जिल्ला अध्यक्ष हरि प्रसाद रेग्मीको अध्यक्षतामा २९ सदस्यी आन्दोलन समिति समेत गठन गरेको छ ।

राप्रपाले माग गरेको जनसरोकार पार्टीको एजेन्टाको विषयलाई सरकारले सम्बोधन नगरेमा चरणवद्ध रुपमा आन्दोलन गरि चेतवनी समेत दिएको छ । पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुसार जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिएको अध्यक्ष रेग्मीले बताए  ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि प्रशासन कार्यालय चोकमा राप्रपाले कोण सभा गरेको थियो । कोण सभालाई केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठले सम्बोधन गरेका थिए  । कार्यक्रमलाई सम्बोधन गदै उनले धर्म निरपेक्ष खारेज हुनुपर्ने माग गरेका छन् ।

अहिलेको सरकारले किसानलाई समयमै मल बिउ उपलब्ध गराउन नसकेको आरोप लगाउदै सयमै मल उपलब्ध गराउन अनुरोध गरेका छ  । महँगी नियन्त्रण गदै शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने र बेरोजगारीलाई भत्ता उपलब्ध गराउन माग गरेका छन्  । कार्यक्रम मा राप्रपा लमजुङको पुर्व अध्यक्ष बालचन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष ठाकुर प्रसाद गुरुङ लगायतको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।