

सविना प्रजा
लमजुङ : बेसिशहर नगरपालिकालाई बालमैत्रि नगरपालिका स्थापना गर्न साझा प्रतिवद्धता गरिएको छ । २०८२ असार मसान्तसम्मा बालमैत्रि नगरपालिका घोषण गर्ने प्रतिवद्धता जनाएको हो । बुधवार बेसिशहर नगरपालिकाको सभाहलमा आयोजित बालमैत्रि स्थानिय शासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धि क्षमता विकास प्रशिक्षण कार्यव्रmमबाट बालमैत्रि पालिका बनाउन साझा प्रतिवद्धता गरिएको हो ।
नगरपालिका प्रमुख गुमानसिङ अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत इमनाथ कँडेल,वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य ,नगरसभाका सदस्य, विभिन्न निकाय र संघसंस्था, विद्यालय, सुरक्षा निकाय, बालक्लवका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न सरोकारावला निकायका प्रमुख तथा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । उनीहरुले नेपालका संविधान भाग ३ मौलिक हक धारा ७४ बालबालिका सम्बन्धि ऐन २०७५ बालमैत्रि स्थानिय शासनका कार्यान्वयन निर्देशिका २०७८ मा भएका ५१ वटा सुचक पूरा गरि बालमैत्रि स्थानिय तह घोषण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नगरपालिकालाई बालमैत्रि स्थानिय तह घोषणा गर्ने प्रतिवद्धता गदै नगरप्रमुख गुमानसिङ अर्यालले बालमैत्रि नगरपालिकाका लागि आवश्यक सुचकलाई नियालेर काम गर्ने बताएका छन् । कार्य क्षेत्र धेरै र सिमित बजेट भएकोकाले काम गर्न नसकेको उनको भनाई छ । नगरपालिकाले बालबालिकालाई सुरक्षित बनाउने खालको योजना बनाएको बताएका छन् । उपप्रमुख पद्मा गुरुङले यसअघि वडा न १ र ६ बालवडा मैत्रि घोषणा हुन सकेको बताइन ।
अब सिङ्गो पालिकालाई बालमैत्रि बनाउने बताएकी छन् । अब आवश्यक तयारीमा जुट्ने बताइन । सामाजिक विकास कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलले नगरपालिकाले बाल संरक्षण, बाल बचाउ र सहभागिता गराउने गरि काम गर्नुपर्ने बताएका छन् । नगरपालिकाका बालबालिकाको संरक्षण र संवद्र्धुन गर्ने कार्यमा नगरपालिकाको महत्वपूर्ण भुमिका रहने बताएका छन् । बालमैत्रि नगरपालिका बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
जिल्ला बाल सञ्जालका सदस्य सृष्टिका पाण्डेले नगरपालिकाका प्रत्येक वडा स्तारमा र पालिका स्तरमा सञ्जाल गठन गर्नुपर्ने बताइन । उनले बाल सुधार गृह, बाल उत्थान भएमा बालमैत्रि बनाउन सहज हुने बताइन । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रदेश समन्वय अतिथि बद्रि प्रसाद वाग्लेले बालमैत्रि स्थानिय शासन लागु गर्न सबैलाई अनुरोध गरे । उनले बालमैत्रि स्थानिय शासनका सुचकहरुको बारेमा जानकारी गराए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बुना कुमारी रिमाल , वडा न १ का अध्यक्ष दुर्गा बहादुर बुढाथाकि, २ का वडा अध्यक्ष मदन राना, वडा ५ का वडा अध्यक्ष ईन्द्र बहादुर गुरुङ, वडा न ८ का अध्यक्ष पवित्रा थापा राना, १० का गंगा बहादुर थापा, ११ का अध्यक्ष शिव प्रसाद जोशि , कार्यपालिका सदस्य हिरालाल विश्वकर्मा, कल्पना थापा बोहरा , मनिता परियार, श्रीनाथ दुलाल, सुकमाया गुरुङ, सुकमाया घर्ती, एन.सि.इ नेपाल गण्डकी प्रदेश उपसंयोजक संस्थापक अध्यक्ष राजेन्द्र बोहरा, कार्यकारी निर्देशक विश्वविनोद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख बिर बहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षेक विष्णु बि.क, नगरपालिका स्वास्थ्य शाखा संयोजक मनोज सिङ बोहरा लगायतको उपस्थिति रहेको थियो । सामाजिक विकास कार्यालय लमजुङका अध्यक्ष दिनेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले गरेका थिए ।
