भ्रम हो भन्ने जान्दा-जान्दै भ्रम स्विकार्न बाध्य छौँ

प्रिय नू’

हो, हामी स्वतन्त्रताको वकालत मज्जैले गर्ने हौँ पहिलेदेखि नै र गरिरहने छौँ कालान्तरसम्म। प्रेमिल यात्रा गरिरहँदा उदाहरणमा मैले थाक्रा छिचोल्दै आकाशतिर लम्किएको सिमीको मुन्टा देखाइरहन्थे मतलब “स्वतन्त्रता” तर फल फल्न, पाक्न थाक्रामा मात्रै सम्भव बन्दो रहेछ। यसर्थ भन्ने गर्छु “बाँच्न अलिकति बाँधिनु पर्छ।” स्वतन्त्रता, शङ्का हुँदै कसरी सर्वस्व सुम्पिएर बन्धन बिचै फुल्न थाल्यौँ पत्तो छैन मलाई। “चरा बन्छु” भन्ने तिमी कसरी बाँधिँदै आयौ या मैले बाँधेँ यो खोजीको विषय हो या हैन म जान्दिन। सधैँ अपशब्द मिसाएर बोल्ने तीन वर्षदेखिका मेरा प्रवासी मेस पाट्नर हरेक वाक्यमा अपशब्द बोल्दा मैले मुखमा हेरेर मुसुक्क हाँसिदिन्थेँ। आज तपाईँले सुधार्नु भो भनेर मलाई जस दिन्छन् मैले बाँध्न चाहेको भए उनी सुध्रिने थिए या नाइँ या सङ्गतको फल हो कुन्नि जाँड प्राय: पिइरहने साथी जाँड पिउँदै छु भनेर मात्रै फोन गर्दैनन् अचेल तिम्रै कोठामा साथीहरूसँग बसेर जाँड पिएर फर्किँदा पुस्तक लिएर निस्केको थिएँ अहिले पुस्तक पढ्दै छु भनेर पनि फोन गर्छन्।

आखिर ठुलो कसी त समय रहेछ क्यार! “थोकसँगै मन- धड्कन पनि परिवर्तन भइदिन्छ।” कसरी सुध्रियो त २८ वर्ष पछि साथीको बोली वचन र टिन एजमा बोझ ठानिएको पठनपाठन एक्कासि प्रिय हुने गरी पुस्तक प्रेम। यसैले त मैले भन्ने गर्छु नि सत्य कुरामा पनि म खण्डन गर्न मन पराउँछु भनेर के ती साथीहरू र हाम्रो सम्बन्धको बिचमा अङ्ग्रेजी उखान “Morning show the day, Child show the man. सुगालाई झैँ रटाई रहनु पर्ला र, मिथ्या साबित भएन र? गायक हेमन्त शर्माले एक अन्तरवार्तामा भने जस्तै सादा जीवन उच्च विचारमा सीमित रहने हैन जीवन जिउने शैली पनि उच्च कोटी कै सोच्नु पर्छ। मेरै कविता सोचमा भनिए जस्तै जीवन सोचेँ जस्तो नभए पनि उच्च जीवन शैलीको खोजीमा सादा जीवन मज्जाले जिएका हुन्छौँ तर तिमीले भने जस्तो अति चाहनाले पनि विनाश त ल्याउँछ नै we should care about this matter.

मैले धेरै बाँधेको रहेछु प्रस्ट छन् आँखा सामु सबुतहरू भनूँ र? म पनि बाँधिँदै आइरहेको रहेछु यसरी कि बिस्तारै म पनि तिमीले खोजे जस्तै बन्दै गइरहेको रहेछु शान्ति प्रिय त थिएँ अझै शान्तिबाट बिलकुल एकान्ततिर तिम्रै भाषा सापटी गरेर भन्ने हो भने मौनतातिर।

“विचार र बानी नमिल्दा रहेछन् एकै मानिसको पनि” तर हामी द्वयमा लक्ष्य चाहना भावना र सोचाइ एकै छ र त सम्बन्ध सुमधुर र प्रगाढ बन्दै गएको छ। नतिजा स्वरूप जसको लागि आजै परेको भेट-वार्षिकीलाई लिऔँ न हुन्न? मृत्यु शाश्वत भएर पनि हामी खुसी हुने प्रयत्न खोजिरहेका छौँ भनिरहँदा रहँदै हामीबाट अलग्गिएर म कहिलेकाहीँ विचलित त हुन्छु नै जस्तो मोडिन्छौँ भन्ने जान्दा-जान्दै पनि अति प्रगाढ प्रेम पस्किरहँदा र त भेट वार्षिकीलाई हामी दुवैको प्रतीक निलो रङ्गलाई सापटी मागेर नाउँमा उपनाम जोडेर ” रूप रङ्ग” बनाएँ ।

“भ्रम हो भन्ने जान्दा-जान्दै भ्रम स्विकार्न बाध्य छौँ” अपेक्षा विहीन भएर। बिछोडिनु नै प्रेमको अन्त्य कहाँ हो र है! नहोस् कामना गरौँ र प्रेम दिइरहन/गरिरहन पाउँ हरेक वार्षिकीमा यसरी नै शब्दहरूको पुलमाथि चढेरै किन नहोस् जसको नामकरण पनि त तिमीले गरेका हौ “लेखकीय प्रेम” हामी बिचको प्रेम सधैँ तरुनो देख्न पाउँ। लव यु।

खुसी हुन चाहने हो भने नेपालीको लागि बडा दसैँ भन्दा ठूsला लाग्ने अरू दिन पनि हुँदा रहेछन् जुन दिन भित्ताको पात्रोमा नसमेटिएर कसैको दिलको पन्नामा समेटिएको हुने रैछ दोस्रो एकको लागि।बरु दसैँमा मन भरी पीडा भरेर देखाउनकै लागि हाँसिएला, सन्तानको आस नमरोस् भनेर ऋण धनमा भोजनको व्यवस्था होला तर केही त्यस्ता दिन हुन्छन् जुन दिनमा टीका विहीन भएर पनि ओठमा जमरा फुलिदिन्छ बाँसको लिङ्गो बिना खुसीको डोरीमा मन-पिङ मच्चिन्छ।

त्यति विधि सोच्न जरुरी हुँदो हो या नाइँ र दिन नमिल्दो हो नसकिँदो हो तर दिन पाउँ भनेर सोचिन्छ फेरि त्यसैमा भरपुर रमाइन्छ। लिन र दिन पाउनु नै खुसी हो र आफ्ना हुन् भन्ने नलाग्ने रैछ। नदिएरै पनि सब थोक दिए झैँ लाग्ने तिमी र दूर देशबाट सपनाका रङ्गहरूले पहिराउने म समय, सम्बन्ध र सन्तोष रहोस् जीवन नामको गाडी धूलो उडाउँदै गुड्दासम्म।

प्रिय नू
भ्रम हो भन्ने जान्दा जान्दै स्वीकार्न बाध्य हामी, सत्य कुरा अस्वीकार गर्ने त कुरै भए। स्वयम् भगवान् त सत्यको मुखेन्जी घुँडा टेक्छन् भने हामी त मानव हौँ। हामी प्रसस्तै कमि कम्जोरीहरू भेटिन्छ। आ-आफ्नो नीति, अहम् र विचारले हामी फकर छौं। आऊ सत्यलाई स्वीकारौं बिना पुर्वाग्रह।

ढल्यो राणा शासन तर राणाहरू त छन् नि, ढल्यो राजतन्त्र शाहहरू त छन् नि, तन्त्र, शासन, र प्रेम सम्बन्धहरू ढल्छन् तर ढल्दैन समय शासक र प्रेम। हरेक चिज नासवान् छन् सुरु जहाँबाट अन्त्यष्टी त्यहीँ छ, तर हरेक चिजको घेरा बाहेक अलग्गै पर्छ प्रेम। स्मरण रहोस्, हाम्रो प्रेम सम्बन्ध पनि ढल्छ एकदिन अजम्बरी छैन तर नढल्ने भनेको हामीले गरिने प्रेम हो। गाउँ भन्दा शहरमा सस्तो, शहरमा भन्दा समीपमा सस्तो बन्दैछ प्रेम। त्यसैले हामी नभेटौँ प्रेमलाई प्रगाढ बनाई राख्नु पर्छ भन्ने मानेमा म मान्न तयार।

प्रेम रूपान्तरित हुँदैछ म त खुलेर भन्छु प्राय: हामी प्रेमको नाममा प्रेमका तस्करी गरीरहेका छौं। र त प्रेमलाई विवाह मै परिणत गरिनु पर्छ फन्ने मान्यता बोकी हिंड्छौँ। विवाह रहरका सन्तान जन्माउने भन्दा पनि वंश उत्पादनको वा जोगाउने भनेर लाग्छौं। जे जति प्रेम तिमीले मलाइ र मैले तिमीलाई यति बेला हर्छौं विवाह पछि समीपताले आवश्यकतातिर लैजान्छ वा काम वासना र सन्तानको आपूर्ति पछि पूर्ण व्यवहारिक।

आऊ आजदेखि प्रेमलाई पुजौँ, र सत्यलाई स्वीकारौं प्रेम र सत्य भन्दा माथि अर्थोक के होला र!

 

पुछारघरे