बर्दिवासका निजी विद्यालयहरूले गरे जनप्रतिनिधिहरूलाई सम्मान

जीवनराज दाहाल (मधेश प्रदेश)

निजी विद्यालयको प्रतिबद्धता, नगर शिक्षामा आवद्धता’ भन्ने मुल नाराका साथ निजी तथा आवसिय विद्यालय नगर कमिटी बर्दिवासले आज आइतबार बर्दिवासको पञ्चधुरा पार्टी प्यालेसमा नव निर्वाचित जनप्रतिनिधिहरूमा बधाई तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

महोत्तरीको बर्दिवास नगरभित्र १४ वडाका वडा अध्यक्ष, मेयर, उपमेयर, नगरपालिकाका शिक्षा शाखाका व्यक्तिहरूलाई निमन्त्रणा गरेपनि मौसमका कारण उपस्थिति निकै कम थियो ।

आयोजक टिमले उपस्थित सम्पूर्ण पदाधिकारीहरूलाई अबिर, माला, खादा र मायाको चिनो दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा अध्यक्षको रुपमा मेयर प्रहलाद कुमार क्षेत्री थिए भने संस्थापकमा सरोज प्रधान रहेका थिए ।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले आफूलाई शिक्षामा नयाँ नयाँ कुराहरू गर्न आग्रहहरू आइरहेकोले अबको दिनमा सबै शिक्षाप्रेमी व्यक्तिहरूसँग बसी बर्दिवासलाई शैक्षिक रुपमा अगाडि बढाउने कुरामा आफू अग्रसर रहेको बताए ।

कार्यक्रममा मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारादेवी, वडा नं. २ का धिरेन्द्र सिंह, वडा नं. ९ का धुरण महतो, वडा नं. १२ का राम किशोर साह, वडा नं. १३ का लक्षमण सिंह, वडा नं. १४ विजय महतो वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

भोजनको समेत व्यवस्था रहेको उक्त कार्यक्रम सञ्चालकको रुपमा युवराज श्रेष्ठ थिए ।